बुधबार, साउन २०, २०८३

शिक्षक दरबन्दी मिलान तत्काल स्थगित गर्न नगरपालिका फोरमको माग

सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुको दरबन्दी मिलान कार्य गरिरहेको विषयमा काठमाडौं उपत्यकाका मेयरहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुको दरबन्दी मिलान कार्य गरिरहेको विषयमा काठमाडौं उपत्यकाका मेयरहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनीहरूले दरबन्दी मिलान कार्य तत्काल स्थगित गर्न सरकारसँग माग गरेका छन्।

फोरमको मंगलबार बसेको बैठकले हालका लागि दरबन्दी मिलान कार्य रोक्न माग गर्ने निर्णय भएको फोरमका सचिव एवम् मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बैठकपछि जानकारी दिए।

उनले भने, विषयगत आधारमा शिक्षकहरुको अनुपात कायम गर्न शिक्षक दरबन्दी कार्य हालका लागि स्थगित गर्न हामी सरकारसँग माग गर्दछौं।’

फोरमले शिक्षकहरुको तलबभत्ता तत्काल निकासा गर्न पनि सरकारसँग माग गरेको छ।

सम्बन्धित समाचार

दरबन्दी मिलानका नाममा शिक्षकलाई प्रताडित नगर्न माग

प्रकाशित: Sep 08, 2020| 18:40 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्