सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • होस्टेलमा प्रेमिकासँग गएपछि बेलायती राष्ट्रिय फुटबल टोलीका दुई खेलाडी खेलबाट वञ्चित

होस्टेलमा प्रेमिकासँग गएपछि बेलायती राष्ट्रिय फुटबल टोलीका दुई खेलाडी खेलबाट वञ्चित

काठमाडौं– फरवार्ड फिल फोडेन र मेसन ग्रिनवुड इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– फरवार्ड फिल फोडेन र मेसन ग्रिनवुड इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन्।

दुवै खेलाडीले यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा कोरोना भाइरस क्वारेन्टिनको गाइडलाइनविरुद्ध काम गरेपछि टोलीबाट बाहिरिएका हुन्।

शनिबार आइस्ल्यान्डविरुद्ध १–० को जित निकालेको खेलबारे फुटबल एसोसिएसनले अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानमा उनीहरु दोषी पाइएका हुन्।

उनीहरुले आइसल्यान्डको खेलका क्रममा त्यहाँको राजधानी रेकाविकमा रहेको इंग्ल्यान्डको टिमको होस्टेलमा युवती लिएर गएका थिए।

म्यानचेस्टर सिटीका २० वर्षे फरवार्ड फोडेनको प्रेमिकासहित एक सन्तान पनि छन् भने १८ वर्षे ग्रिनवुडले गत मे मा इंग्ल्यान्डकी एक मोडेलसँग ‘ब्रेकअप’ गरेका थिए।

इंग्ल्यान्ड र म्यानचेस्टर सिटीका फरवार्ड फोडेन र म्यानचेस्टर युनाइटेडका फरवार्ड ग्रिनवुड दुवै खेलाडीले सोही खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। सो खेलमा फोडेनले पहिलो रोजाइका खेलाडी भएर खेलेका थिए भने ग्रिनवुड वैकल्पिक खेलाडीका रुपमा ७८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए।

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले खेलाडीले गल्ती स्विकार गरेको बताएका छन्। रेकाविक महानगरीय प्रहरीले उनीहरुले कोरोना क्वारेन्टिन नियम उल्लंघन गरेका कारण १ हजार ३६० पाउन्ड स्टर्लिङ जरिवाना गरेको समेत बताएको छ।

लिगको आज राति हुने खेलमा राष्ट्रिय टिममा नपरेपछि ग्रिनवुडले आफूले गल्ती गरेको भन्दै क्षमा मागेका छन्। ‘प्रशिक्षक साउथगेटको शीर झुक्ने काम गरेका कारण म उनीसँग माफी माग्न चाहन्छु। उनले मलाई धेरै विश्वास गरेका थिए,’ ग्रिनवुडले भने, ‘इंग्ल्यान्डका लागि खेल्नु मेरो लागि गर्वको कुरा हो। मेले घटनालाई लिएर आफैंलाई दोषी पाएको छु।’

उनले परिवार, इंग्ल्यान्ड र म्यानचेस्टर सिटीका समर्थकलगायत सबैलाई सम्झँदै पछिल्लो घटनाले पाठ सिकेको बताएका छन्।

 

प्रकाशित: Sep 08, 2020| 17:57 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।