सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेसन्स लिग : विश्वकप २०१८ का फाइनलिस्ट फ्रान्स र क्रोएसिया भिड्दै

नेसन्स लिग : विश्वकप २०१८ का फाइनलिस्ट फ्रान्स र क्रोएसिया भिड्दै

यूईएफए नेसन्स लिग अन्तर्गत आज (मंगलबार) हुने समूह चरणको खेलमा फिफा विश्वकप २०१८ को फाइनालिस्ट फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– यूईएफए नेसन्स लिग अन्तर्गत आज (मंगलबार) हुने समूह चरणको खेलमा फिफा विश्वकप २०१८ को फाइनालिस्ट फ्रान्स र क्रोएसियाले प्रतिस्पर्धा गर्ने भएका छन्। लिग ए को समूह ३ अन्तर्गतको खेलमा आज यि दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली समयअनुसार राति साढे १२ बजे हुने पहिलो लेगको खेल फ्रान्सको स्टेडे डि फ्रान्समा हुनेछ। ‘स्टेडे डि फ्रान्स’ फ्रान्सको राष्ट्रिय रंगशालासमेत हो।

आज हुने खेलको केन्द्रमा रहने सम्भावना भएका युवा स्टार केलियन एम्बाप्पे भने खेलमा अनुपस्थित हुनेछन्। उनलाई हिजो सोमबार कोरोना पुष्टि भएपछि खेल गुमाउने भएका हुन्। उसो त उनी यसअघि स्विडनविरुद्धको खेलमा नै चोट ग्रस्त बनेका थिए।

सामान्य चोट लागेका उनले प्रशिक्षकले अनुमति दिए खेल्न सक्ने पनि बताएका थिए। तर कोरोना पुष्टि भएपछि भने उनी आइसोलेसनमा छन्।

पछिल्लो खेलमा फ्रान्सले स्विडेनलाई १–० गोल अन्तरले हराउँदा एम्बाप्पेले नै निर्णायक गोल गरेका थिए। यता क्रोएसिया लिगको पहिलो खेलमा पोर्चुलसँग ४–१ गोलअन्तरले पराजित भएको थियो।

सोही समूहको पोर्चुगलले आज राति साढे १२ बजे स्विडेनसँग फ्रेन्ड्स एरिना रंगशालामा प्रतिस्पर्धा गर्दैछ। फ्रेन्ड्स एरिना स्विडनको राष्ट्रिय फुटबल रंगशाला समेत हो।

आजका अन्य खेलः

बेल्जियम र आइसल्यान्ड, राति साढे १२ बजे

डेनमार्क र इंग्ल्यान्ड, राति साढे १२ बजे

प्रकाशित: Sep 08, 2020| 17:11 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।