मंगलबार, जेठ ५, २०८३

दरबार हाइस्कुलको भवन हस्तान्तरण

चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कुलको भवन हस्तान्तरण भएको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कुलको भवन हस्तान्तरण भएको छ।

National life

चीनका तर्फबाट भवन निर्माणका प्रोजेक्ट म्यानेजरसहितको समूहले मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई साँचो हस्तान्तरण गरेका हुन्।

माघमा भवनको निर्माण सम्पन्न भए पनि कोरोना महामारीको कारण हस्तान्तरणमा ढिलाइ भएको थियो।

साढे ९ रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो।

भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको थियो। ८५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको चार तले भवनमा ४० कक्षा कोठा छन्।

२०७२ को भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त हाइस्कूल को पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते भएको थियो।

शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्खी र चुना प्रयोग भएको भए पनि पुनर्निमाणमा भने सिमेन्ट प्रयोग गरिएको छ।

निर्माणको समयमा भएको सम्झौताअनुरुप निर्माण कम्पनीले विद्यालयलाई ७५ वटा कम्प्युटर पनि दिएको छ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा विद्यालय स्थापना गरिएको थियो।

विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्न का लागि खुला गरिएको विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउन सुरु गरिएको हो।

रासस

प्रकाशित: Sep 08, 2020| 15:49 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्