मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहकर्मीलाई धम्क्याएर यौन शोषण गरेको आरोपमा अस्पतालका लेखा अधिकृत पक्राउ

सहकर्मीलाई धम्क्याएर यौन शोषण गरेको आरोपमा अस्पतालका लेखा अधिकृत पक्राउ

दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।

यौन शोषणमा परेकी महिलाले प्रहरीमा मंगलबार जाहेरी दिएपछि प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो।

सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले बताए। अधिकृत सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गिरफ्तार गरिएको प्रवक्ता हमालले बताए।

सुवेदीले आफूलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनी अस्पतालकै एक महिला कर्मचारीले मजदूर युनियनमा निवेदन दिएपछि घटना बाहिर आएको बुझिएको छ।

पीडित महिलाले उजुरी दिएसँगै अस्पताल प्रशासनले सुवेदीलाई भदौ १ं९ गते निलम्बन गरेको थियो। प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Sep 08, 2020| 15:35 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।