मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रमा सेन्टरका २७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

ट्रमा सेन्टरका २७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक, नर्ससहित २७ जना कर्मचारी कोरोना संक्रमित भएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक, नर्ससहित २७ जना कर्मचारी कोरोना संक्रमित भएका छन्।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलका अनुसार ५ जना डाक्टर, ८ जना नर्स, ४ जना ल्याब कर्मचारी, १ जना पारामेडिक्स, सरसफाइ कर्मचारी ८ जना र बाँकी प्रशासन कार्यालयका सहयोगी गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कीर्तिपुर आयुर्वेद केन्द्र, टेकु अस्पतालमा उपचाररत छन्। साथैै संक्रमितको सम्पर्कमा आएका झण्डै ७० जना अरु स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमा छन्।

ट्रमा सेन्टरमा आकस्मिक घटनाका घाइते आउने भएकाले उपचार गर्ने डाक्टर, नर्स र स्वयं बिरामीलाई पनि धेरै समस्या परेको डा. पौडेलले बताए।

पछिल्लो समय वीर अस्पताललाई कोभिड अस्प्ताल बनाएपछि वीरमा आउने बिरामीलाई ट्रमा सेन्टरमा उपचार गरिएको छ।

 

प्रकाशित: Sep 08, 2020| 13:02 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।