मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यात्रु बोक्न पाउनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा

यात्रु बोक्न पाउनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा

काठमाडौं– होल्डिङ सेन्टरमा रहेका यात्रु बोक्ने काम एकलौटी ढंगले भइरहेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– होल्डिङ सेन्टरमा रहेका यात्रु बोक्ने काम एकलौटी ढंगले भइरहेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएका छन्।

विदेशबाट उद्धार गरेर ल्याएका यात्रुहरुलाई देशभर सम्बन्धित ठाउँमा पुर्याउने काम एउटामात्र यातायातले पाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्।

व्यवसायीका नेताहरुले मिलेमतोमा एउटा समितिलाई मात्र यात्रु बोक्न दिएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा मंगलबार यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्।

सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र यातायात व्यवस्था विभागले सीमित व्यक्तिलाई यात्रु बोक्ने जिम्मेवारी दिँदा अधिकांश व्यवसायी मारमा परेको महासंघका महासचिव भरत नेपालले बताए।

सरकारले होल्डिङ सेन्टरबाट यात्रु बोक्ने जिम्मा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई दिएकोमा सिटौलाले सप्तकोसी यातायात प्रालिलाई मात्र जिम्मा दिएको नेपालले बताए।

उनले कमिसनमा एउटै प्रालिलाई देशभर यात्रु बोक्ने जिम्मा दिएको र यात्रुबाट बढी भाडा लिएर ठग्ने काम भएकाले आफूहरु आन्दोलनमा उत्रेको जानकारी दिए।
महासंघका वागमती प्रदेश सदस्य रमेश न्यौपानेले कोरोनाका कारण सबै यातायात व्यवसायी मारमा परेको बेला आफूहरुले आलोपालो बस गुडाउन भन्दा पनि नमानेको बताए।

होल्डिङ सेन्टरमा रहेका यात्रुहरुलाई सम्बन्धित स्थानमा पुर्याउनका लागि सम्बन्धित प्रदेशको यातायात प्रालिलाई जिम्मा दिनुपर्नेलगायत माग राख्दै महासंघले यातायात विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएको छ।

आफूहरुका माग पूरा नभए कडा आन्दोलनका कार्यक्रम अघि सार्ने उनीहरुले बताएका छन्।

 

प्रकाशित: Sep 08, 2020| 13:00 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।