मंगलबार, भदौ २३, २०८३

धनुषामा दलित परिवार कुटियो

जनकपुरधाम– धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि कुटपिट भएको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

जनकपुरधाम– धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि कुटपिट भएको छ।

विदेह नगरपालिका–३ गोबराहीका स्थानीय सवाई दासकी श्रीमती, बुहारीलगायत घरमा रहेका वृद्धवृद्धा समेतमाथि कुटपिट भएको हो।

उनीहरुलाई त्यहाँका पूर्व प्रधानपञ्च हरि कुसियैतका छोरा रोशन कुसियैत, बिटु कुसियैत र भतिजा दुर्गेश कुसियैतले निर्घात कुटपिट गरेको पीडित परिवारले बताएको छ।

सोमबार साँझ भएको सामान्य विवादमा कुसियैत परिवारले दास परिवारमाथि घरमै प्रवेश गरेर कुटपिट गरेको पीडित रामशरण दासले जानकारी दिए। कुटाइबाट ४५ वर्षीय निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन्। निलम देवीमाथि निर्घात कुटपिट भएकाले उनलाई उपचारका लागि जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना गरिएको छ।

कुटपिट गर्ने कुसियैत परिवार पहिलेदेखि नै जमिनदारी शैली देखाउँदै आएको पीडितको भनाइ छ। कुटपिट गर्नेहरुमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरी चौकीमा निवेदन दिएको उनले बताए। यद्यपि कुटपिट गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको पीडितको गुनासो छ।

यता दुहबी प्रहरी चौकीका सई हिलम सिंह दनुवारले दुई पक्षबीच ज्यालाको लागि विवाद भएको र विवादमा कुटाकुट हुँदा दुवै पक्षका घाइते भएको बताए।  कुसियैत परिवार पक्षका पनि तीन जना घाइते भएर अस्पताल भर्ना भएको उनले बताए।

जनता समाजवदी पार्टीका नेता एवं स्थानीय राजिव झाले केही दिनदेखि लगातार दलितहरुमाथि आक्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: Sep 08, 2020| 12:31 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।