बुधबार, चैत ११, २०८२

दरबन्दी मिलानका नाममा शिक्षकलाई प्रताडित नगर्न माग

सामुदायिक विद्यालयका दरबन्दी मिलानका नाममा शिक्षकलाई आतंकित र प्रताडित नबनाउन नेपाल शिक्षक संघ, काठमाडौं जिल्ला समितिले माग गरेको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– सामुदायिक विद्यालयका दरबन्दी मिलानका नाममा शिक्षकलाई आतंकित र प्रताडित नबनाउन नेपाल शिक्षक संघ, काठमाडौं जिल्ला समितिले माग गरेको छ।

National life

संघले मंगलबार विज्ञप्ति जारी गरी यस्तो माग गरेको हो। संघले राज्यले दरबन्दी मिलानको अभियानमा राहत शिक्षकलाई थप प्रताडित गर्न खोजेको आरोप लगाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट थालनी भएको अहिलेको दरबन्दी मिलान कार्य बेतुकी, बेमौसमी अभियान हुनुका साथै आम शिक्षकलाई प्रताडित गर्ने अभीष्टका साथ आएको भन्नेमा कुनै शंका छैन।’

संघले दरबन्दी मिलान प्रक्रियामा सरकार आफैंले बनाएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग र दरबन्दी मिलान तथा पुनर्वितरण कार्यदलको सुझावसमेतका पालना नगरिएको जनाएको छ।

दरबन्दी मिलान प्रक्रिया नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको सम्झौताविपरीत रहेको संघको ठहर छ।

Laxmi sunrise bank
kumari

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं जिल्लाभित्रका कुनै पनि स्थानीय तहमा दरबन्दी मिलान अघि नबढाउन सम्बन्धित सबैमा अपिल गर्दछौं। अन्यथा शिक्षकहरुको हित रक्षाका लागि बाध्य भएर कडा आन्दोलनमा उत्रनेसमेत जानकारी गराउँछौं।’

राष्ट्रिय शिक्षा ऐन अहिलेसम्म नआएको, नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको सम्झौता कार्यान्वयन हुन नसकेको, न्यून बेतनमा काम गर्न बाध्य कर्मचारी र बालकक्षाका शिक्षकको तलब नबढेको, निजी स्रोतका शिक्षक र निजी विद्यालयमा कार्यरत शिक्षकले तलब नपाएको जस्ता जल्दाबल्दा समस्या थाती नराख्न संघले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: Sep 08, 2020| 12:22 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्