बुधबार, साउन २०, २०८३

कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ।

कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार पारेको हो।

उक्त प्रतिवेदन परीक्षा बोर्डले शिक्षा मन्त्रालयलमा पठाउने तयारी गरेको छ।

मन्त्रालयले बोर्डको प्रस्ताव स्वीकार गरेमा कोरोनाको जोखिम कम भएका केही हिमाली र पहाडी जिल्लामा दशैं अगाडि परीक्षा सञ्चालन गर्न सकिने बोर्डले जनाएको छ।

बोर्डले परीक्षा सञ्चालन हुनुभन्दा करीब एक महिनाअघि सूचना सार्वजनिक गर्ने छ।

चरणबद्ध कोरोना जोखिम हेरेर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।

कार्यदलले परीक्षा हलमा बढीमा २५ जना विद्यार्थी राख्ने र एउटा बेन्चमा एकजना मात्रै राखेर सञ्चालन गर्न सिफारिस गरेको छ।

त्यस्तै अनिवार्य मास्क लगाउने, प्रत्येक कक्षाकोठामा स्यानिटाइजरको व्यवस्था गर्ने र परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्नुपर्ने पनि उल्लेख गरेको छ।

यसअघि बैशाख ८ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने तालिका सार्वजनिक भएको थियो।

सरकारले यसअघि कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले लिने निर्णय गरिसकेको छ।

प्रकाशित: Sep 08, 2020| 11:48 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्