सोमबार, असार २९, २०८३

नर्वेको रोमाञ्चक जितमा हाल्यान्डको २ गोल

यूईएफए नेसन्स लिगमा नर्देन आयरल्यान्डविरुद्ध नर्वेले सानदार जित रोमाञ्चकको छ। आयरल्यान्डको विन्डसोर पार्कमा सम्पन्न खेलमा पाहुना टिमले ५–१ गोलअन्तरले जित निकालेको हो।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– यूईएफए नेसन्स लिगमा नर्देन आयरल्यान्डविरुद्ध नर्वेले सानदार जित रोमाञ्चकको छ। आयरल्यान्डको विन्डसोर पार्कमा सम्पन्न खेलमा पाहुना टिमले ५–१ गोलअन्तरले जित निकालेको हो।

नर्वेको जितका लागि इर्लिङ ब्रुट हाल्यान्ड र अलेक्जेन्डर सोर्लोठले २–२ गोल गरे भने मोहम्मद एल्योनोउसीले एक गोल गरे।

खेलको दोस्रो मिनेटर्म स्टेफन जोहान्सेनको पासलाई सदुपयोग गर्दै एल्योनोउसीले गोल गर्दै नर्वेलाई अग्रता दिलाए। तर सो अग्रता धेरै समय टिकेन। आयरल्यान्डका प्याड्डी म्याकनैरले छैटौं मिनेटमा गोल फर्काएर खेललाई बराबरीमा ल्याए।

रोमाञ्चक खेलको सातौ मिनेटमा नर्वेजियन स्टार हाल्यान्डले गोल गर्दै पाहुना टिमलाई पुनः अग्रता दिलाए। त्यसपछि नर्वे खेल अवधिभर पछि परेन। बरु १९ औं मिनेटमा अलेक्जेन्डरले गोल गर्दा पहिलो हाफमै नर्वेले ३–१ को अग्रता बनायो।

दोस्रो हाफमा पनि नर्वेले दुई गोल थप्यो। हाल्यान्डको पासमा अलेक्जेन्डरले गोल गरे भने ५८ औं मिनेटमा हल्यान्डले गोद गर्दै नतिजालाई ५–१ सम्म पुर्याए।

त्यसपछि भने कुनै गोल सम्भव भएन र नर्वेले अंकतालिकमा ३ अंक बनायो। जितसहित नर्वे लिग बी, ग्रुप १ को तेस्रो स्थानमा छ भने पराजित आयरल्यान्ड एक्लो अंकका साथ पुछारमा छ।

सोही समूह अन्तर्गत सम्पन्न अर्को खेलमा रोमानियाँले अष्ट्रियाविरुद्ध ३–२ गोलअन्तरको जित निकालेको छ। जितसहित ४ अंक बनाएको रोमानिया समूहको शीर्षस्थानमा छ भने पहिलो खेलमा जित निकालेको अष्ट्रिया तीन अंकका साथ दोस्रो स्थानमा छ।

 

प्रकाशित: Sep 08, 2020| 07:37 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।