सोमबार, असार २९, २०८३

इटाली र पोल्यान्डको संघर्षपूर्ण जित

यूईएफए नेसन्स कप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा इटालीले नेदरल्यान्डविरुद्ध संघर्षपूर्ष जित निकालेको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं- यूईएफए नेसन्स कप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा इटालीले नेदरल्यान्डविरुद्ध संघर्षपूर्ष जित निकालेको छ।

नेदरल्यान्डको आमस्टरडममा सम्पन्न खेलमा पाहुना टिमले १-० गोल अन्तरको जित निकालेको हो।

जितका लागि इटालिका निकोलो ब्यारेलाले एक गोल गरे। इटालियन लिग सिरी ए का सर्वाधिक गोलकर्ता सिरो इमोबाइलको पासमा ब्यारेलाले निर्णयक गोल गरे।

पहिलो हाफको अतिरिक्त समयमा भएको गोलबाहेक दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। त्यसैले लिग ए, समूह १ अन्तर्गत रहेको इटालिले तीन अंक थप गर्दै ४ अंक बनाएको छ।

ऊ ४ अंकका साथ समूहको शीर्षस्थानमा छ भने नेदरल्यान्ड ३ अंकका साथ दोस्रो स्थानमा छ।

सोही समूह अन्तर्गत सम्पन्न दोस्रो खेलमा पोल्यान्डले बोसनियाँ एण्ड हर्जगोभिनासँग २-१ गोलअन्तरको जित निकालेको छ।

बोसनियाँको चेलिक जेनिकामा सम्पन्न खेलमा जितका लागि पाहुना टिमका कमिल ग्लिक र कमिल ग्रोसिस्कीले गोल गरे।

यता बोसनियाँका ह्यारिस हज्रडानोविचले सान्त्वना गोल फर्काए।

दोस्रो खेलमा पहिलो जितसँगै पोल्यान्डले ३ अंक जोडेर तेस्रो स्थानमा ठाउँ बनाएको छ। त्यस्तै, पहिलो खेलमा इटालिसँग बराबरी खेलको बोसनियाँ भने १ अंकका साथ तालिकाको पुछारमा छ।

प्रकाशित: Sep 08, 2020| 07:13 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।