सोमबार, असार २९, २०८३

बर्नेमाउथका विल्सन न्युकासलमा अनुबन्ध

काठमाडौं– प्रिमियर क्लब न्युकासलले स्ट्राइकर कलुम विल्सनलाई चार वर्षका लागि अनुबन्ध गरेको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– प्रिमियर क्लब न्युकासलले स्ट्राइकर कलुम विल्सनलाई चार वर्षका लागि अनुबन्ध गरेको छ।

उसले बर्नेमाउथका फरवार्डलाई २० मिलियन पाउन्ड खर्च गर्दै चार वर्षका लागि अनुबन्ध गरेको हो।

२८ वर्षे खेलाडीले बर्नेमाउथमा १८४ खेलबाट ६७ गोल गरेका छन्। ‘न्युकासलले अनुबन्ध गर्ने भन्नेकुरा जब थाहा पाएँ, उसले मलाई भित्रैबाट बोलाइरहे जस्तो लाग्यो,’ विल्सनले न्युकासलमा अनुबन्ध भएपछि भने।

उनले थपे, ‘यो लामो इतिहास बोकेको महान क्लब हो। लामो समयदेखि क्लबमा राम्रा स्ट्राइकर रहँदै आएका छन्। म पनि क्लबमा राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु।’
न्युकासलका प्रतिक्षक स्टिभ ब्रुसले पनि विल्सन उत्कृष्ट खेलाडी रहेको बताएका छन्।

उनले भने, ‘मैले लामो समयदेखि चाहेका खेलाडीमा विल्सन पनि थिए। र, उनलाई पाएर म खुसी छु। उनले बर्नेमाउथमा धेरै राम्रो खेल प्रस्तुत गरेका छन्। उनले दुई वर्षअघि इंग्ल्यान्डको टिममा पनि राम्रो प्रदर्शन गरेका थिए।’

विल्सनलाई एस्टोन भिल्लाले पनि अनुबन्ध गर्न चाहेको थियो तर २१ मिलियन पाउन्डमा अनुबन्ध गर्न नसक्ने भन्दै बोली लगाउन सकेन।

 

प्रकाशित: Sep 07, 2020| 18:14 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।