शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४५ जिल्लामा थपिए कोरोना संक्रमित, काठमाडौंमा सबैभन्दा बढी

४५ जिल्लामा थपिए कोरोना संक्रमित, काठमाडौंमा सबैभन्दा बढी

पछिल्लो २४ घण्टामा मुलुकका ४५ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ४५ जिल्लामा कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा बढी काठमाडौंमा २९३ जनामा संक्रमण भएको छ। विगत केही दिनदेखि काठमाडौंमा संक्रमणको दर बढिरहेको छ।

आइतबार काठमाडौंमै २९० जना संक्रमित थपिएका थिए। काठमाडौंमा शनिबार ३२६ जना, शुक्रबार ३८६ जना, बिहीबार ३५७ जनामा संक्रमण भएको थियो।

आज उदयपुरमा एक, झापामा १६, पाँचथरमा ६ जना संक्रमित थपिएका छन्। भोजपुरमा एक, मोराङमा ३९, सुनसरीमा ६५ र सोलुखुम्बुमा एक जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार धनुषामा ४४, महोत्तरीमा तीन, सप्तरीमा १९ जना संक्रमित थपिएका छन्। सर्लाहीमा २० र सिरहमा ४१ जनामा संक्रमण भएको छ।

काठमाडौंमा २९३, काभ्रेमा २८ र चितवनमा १० जना संक्रमित थपिएका छन् भने दोलखमा थप तीन जनामा संक्रमण भएको छ। यस्तै धादिङमा चार, भक्तपुरमा १३, मकवानपुरमा ७३, ललितपुरमा २०, सिन्धुपाल्चोकमा तीन र सिन्धुलीमा एक जनामा संक्रमण भएको छ।

कास्कीमा ३०, गोरखामा १८ र तनहुँमा ६ जनामा संक्रमण भएको छ भने नवलपरासी पूर्वमा १६, पर्वतमा एक, लमजुङमा १७ जना संक्रमित थपिएका छन्।

कपिलवस्तुमा दुई, गुल्मीमा आठ, नवलपरासीमा दुई पाल्पामा पाँच र प्यूठानमा एक जना संक्रमित थपिएका छन् भने बर्दियामा ४१, बाँकेमा ४२ र रुपन्देहीमा ४१ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै कालीकोटमा दुई, जाजरकोटमा एक, जुम्लामा एक, दैलेखमा तीन र सुर्खेतमा १९ जनामा संक्रमण भएको छ।

कञ्चनपुरमा सात, कैलालीमा तीन तथा बझाङ र बाजुरामा एक एक जना संक्रमित थपिएका छन्।

यसरी पछिल्लो २४ घण्टामा देशभरमा गरी ९७९ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये ३३८ महिला र ६४१ पुरुष छन्। आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ।

६५ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

कोरोना संक्रमणबाट सोमबारसम्म ६५ प्रतिशत बिरामी डिस्चार्ज भएका छन्। संक्रमणमुक्त हुनेको कुल संख्या ३० हजार ६७७ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ छ। आजसम्म ४७ हजार २३६ जनामा काेराेना स‌ंक्रमण भएकाे छ।

आज एक हजार ७३६ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म प्रदेश १ बाट दुई हजार ६७९, प्रदेश २ बाट आठ हजार ७९७, बागमतीबाट चार हजार १५० संक्रमणमुक्त भएका छन्।

यस्तै गण्डकी प्रदेशबाट एक हजार ८४१ जना, प्रदेश ५ बाट पाँच हजार ४८१, कर्णालीबाट दुई हजार ३४९ जना र सुदूरपश्चिमबाट पाँच हजार ३८० संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 07, 2020| 16:53 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।