काठमाडौं– देशभर १७१ जना कोरोना संक्रमित आईसीयूमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालया अनुसार प्रदेश १ मा ६ जना, २ मा २४ जना, बागमतीमा १११ जना, गण्डकीमा ५ जना, प्रदेश ५ मा २१ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिममा १ जना संक्रमित आईसीयूमा छन्।
त्यसैगरी भेन्टिलेटरमा २० जना संक्रमित छन्। यीमध्ये बागमतीमा १८ जना र प्रदेश ५ मा २ जना छन्।
