शनिबार, कात्तिक २९, २०८२

‘जन्तरे मामा’ को स्वरको तारिफ, रुचाइयो पहिलो गीत

मिठो स्वरका कारण केही समययता सामाजिक सञ्जालहरुमा भाइरल बनेका ‘जन्तरे मामा’ भनिने झापाका अमित राईको पहिलो गीत सार्वजनिक भएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- मिठो स्वरका कारण केही समययता सामाजिक सञ्जालहरुमा भाइरल बनेका ‘जन्तरे मामा’ भनिने झापाका अमित राईको पहिलो गीत सार्वजनिक भएको छ।

National life

सार्वजनिक भएको १-२ दिनमै उनको गीत धेरैले मन पराएका छन्। स्वर सम्राट नारायण गोपालको जस्तो स्वर भन्दै भन्दै ५३ वर्षीय अमितको गीत कयौँ पटक सामाजिक सञ्जालमा सेयर भएको छ।

केही समयअघि एक व्यक्तिले जन्तरे मामाले गाएको नारायण गोपालको ‘म त लालीगुराँस भएछु’ गीत सामाजिक सञ्जालमा राखेपछि उनको खोजी भएको थियो।

झापामा बस्दै आएका उनको स्वर मन पराइएपछि शुभेच्छुकहरुले उनलाई काठमाडौं बोलाएर एक स्टुडियोमा गीत रेकर्डिङको अवसर प्रदान गरेका छन्।

पहिलो पटक काठमाडौं आएर स्टुडियोमा रेकर्ड गरेको उनको ‘फुलैफूलको सौगात तिमिलाई’ गीत निकै मन पराइएको छ।

Laxmi sunrise bank
kumari

गोपालचन्द्र राईको शब्द र तोरेम्पा हाङको संगीतमा अमित राईको गीत निर्माण भएको हो।

किङ्स रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत गोतो सेन्टर नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

 

प्रकाशित: Sep 07, 2020| 15:00 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्