बुधबार, चैत ११, २०८२

अर्थशास्त्रको भर्चुअल कक्षामा पूर्वमन्त्रीहरु

काठमाडौं- त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ।

National life

विभागका प्राडा दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दीयता हालसम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी सामाजिक सञ्जालमा समेत सेयर गरेर हालसम्म ८१ वटा यस्ता कक्षा सञ्चालन गरिसकेका छन्।

नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा प्रभावबारे हालसम्म पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावबारे पूर्वमन्त्री एवं ड्रागन फ्रुटका उत्पादक लोकेन्द्र विष्ट मगर, ऊर्जा क्षेत्रको प्रभावबारेमा पूर्वऊर्जामन्त्री जनार्दन शर्मा, राजस्वबारेमा अर्थविद् डा डिल्लीराज खनाल र डा चन्द्रमणि अधिकारीले बहसमा भाग लिइसकेका छन्।

यस्तै अर्थशास्त्री, स्थानीय सरकारका प्रतिनिधि, नेपाल सरकारका राजस्व सचिव रामशरण पुडासैनी, पूर्व अर्थ सचिव रामेश्वर खनाल, कृष्णहरि बाँस्कोटा, डा. शान्तराज सुवेदी, पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट पनि सहभागी भइसकेका छन्।
रासस

प्रकाशित: Sep 07, 2020| 13:52 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्