शुक्रबार, भदौ १२, २०८३

नेकपा स्थायी कमिटी बैठक शुक्रबार

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक शुक्रबारका लागि डाकिएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– सत्तारुढ नेकपा स्थायी कमिटी बैठक शुक्रबारका लागि डाकिएको छ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान भएको छलफलमा शुक्रबारका लागि स्थायी कमिटी बैठक डाक्ने सहमति भएको हो।

असार १० गते सुरु भएपछि मूल कार्यसूचीमै प्रवेश नगरी स्थगित हुँदै आएको स्थायी कमिटी बैठक लामो छलफलपछि शुक्रबारका लागि बोलाइएको छ। स्थायी कमिटी बैठक साउन १३ देखि अनिश्चितकालका लागि स्थगित भएको थियो।

बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गरेका थिए।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भएको जानकारी दिए।

साउन ३० मा दुई अध्यक्षबीच भएको छलफलमा पार्टी विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो।

कार्यदलले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमाथि भदौ १८ मा बसेको सचिवालय बैठकमा छलफल भएको छ। प्रतिवेदन स्थायी कमिटीको बैठकमा पेस गर्ने तयारी नेकपाको छ।

प्रकाशित: Sep 07, 2020| 11:57 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।