सोमबार, असार २९, २०८३

सेमीफाइनलमा सन्दीपको टिम तलावाजले ट्रिनबागोसँग भिड्ने

क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाजले सेमीफाइनलमा अपराजित टिम ट्रिनबागो नाइट राईडर्ससँग खेल्ने भएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावाजले सेमीफाइनलमा अपराजित टिम ट्रिनबागो नाइट राईडर्ससँग खेल्ने भएको छ।

तलावाजले १० खेलमा ३ जित, एक बाराबरी र ६ हारका साथ सेमीफाइनलमा प्रवेश गरेको हो भने ट्रिबागो १० खेलमै जित निकालेर शीर्षस्थानमा रहँदै सेमीफाइनल पुगेको हो।

राउन्ड रोबिनको दुवै खेलमा ट्रिबागोले तलावाजलाई पराजित गरेको थियो। ट्रिबागोसँग पहिलो खेलमा ७ विकेटले हार बेहोरेको तलावाज दोस्रो खेलमा १९ रनले पराजित भएको थियो।

तर पनि ७ अंक बनाएको तलावाज तीन खेल अगावै सेमीफाइनल पुगेको थियो।

तीन खेल अगावै सेमीफाइनलमा प्रवेश गरेको तलावाजले आइतबार राति सम्पन्न डबल राउन्ड रोबिनको अन्तिम खेलमा सेन्ट जोउक्स लुसियासँग पराजित भएको छ। जमैका लुसियासँग ११ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङ रोजेको लुसियाले १४५ रन बनाएको थियो भने तलावाज पुरा ओभर खेलेर ३४ रनमै समेटिएको थियो। आइतबार रातिको खेलमा सन्दीप एक विकेट लिएका थिए ।

प्रकाशित: Sep 07, 2020| 08:54 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।