सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युईएफए नेसन्स लिगमा वेल्स र रसियाको जित, टर्की र सर्बियाको बराबरी

युईएफए नेसन्स लिगमा वेल्स र रसियाको जित, टर्की र सर्बियाको बराबरी

युईएफए नेसन्स लिगको आइतबार राति सम्पन्न खेलमा वेल्सले बुल्गेरियामाथी जित निकालेको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं- युईएफए नेसन्स लिगको आइतबार राति सम्पन्न खेलमा वेल्सले बुल्गेरियामाथी जित निकालेको छ।

वेल्सको कार्डिफ सिटीमा सम्पन्न खेलमा घरेलु टिमले १-० गोलअन्तरले जित निकालेको हो।

जितका लागि नेको विलियम्सले इन्ज्युरी समयमा गोल गरे। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरी बनेको थियो। जोन विलियम्सले दिएको पासलाई नेकोले पोस्टमा छिराएपछि खेलको अन्तिम समयमा वेल्स विजयी भएको हो।

लिगमा दोस्रो जितसहित ६ अंक बनाएको वेल्स लिग बी, समूह ४ को शीर्षस्थानमा छ।

त्यस्तै दुई खेलबाट एक जित निकालेको फिनल्यान्ड ३ अंकका साथ समूहको दोस्रो स्थानमा छ भने समान १–१ अंक बनाएका आयरल्यान्ड र बुल्गेरिया तेस्रो र चौथो स्थानमा छन्।

रसियाको जित, टर्की र सर्बियाको बराबरी

त्यस्तै लिग बी, समूह ३ अन्तर्गतको आइतबार राति सम्पन्न खेलमा रसियाले हंगेरीलार्ई ३–२ गोलअन्तरले हराएको छ। हंगेरिमा सम्पन्न खेलमा दोस्रो जितसहित ६ अंक बनाएको रसिया समूहको शीर्षस्थानमा छ।

सोही समूहको अर्को खेलमा टर्की र सर्बियाले गोलरहित बराबरी खेलेका छन्। सर्बियाका अलेक्जेन्डर कोलारोवले ४९ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो।

आइतबार रातिको बराबरीसँगै समान १–१ बनाएका टर्की र सर्बिया क्रमशः तेस्रो र चौथो स्थानमा छन्। पहिलो खेलबाट ३ अंक जोडेको हंगेरी भने समूहको दोस्रो स्थानमा छ।

लिगमा आजका खेल -

नर्वे र नर्देन आयरल्यान्ड, राति साढे १२ बजे

अष्ट्रिया र रोमानियाँ, राति साढे १२ बजे

नेदरल्यान्ड र इटाली, राति साढे १२ बजे

प्रकाशित: Sep 07, 2020| 07:38 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।