बुधबार, चैत ४, २०८२

स्पेनको सानदार जितमा फातीको राष्ट्रिय कीर्तिमान

यूईएफए नेसन्स लिगको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि सानदार जित निकालेको छ। स्पेनको मड्रिडमा सम्पन्न खेलमा उसले ४–० गोलको जित निकालेको हो।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– यूईएफए नेसन्स लिगको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि सानदार जित निकालेको छ। स्पेनको मड्रिडमा सम्पन्न खेलमा उसले ४–० गोलको जित निकालेको हो।

National life

स्पेनको जितका लागि कप्नात सर्जियो रामोसले २ गोल गरे भने युवा विंगार अन्सू फाती र फेरन टोरेसले १–१ गोल गरे। खेलको तेस्रो मिनेटमै पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै रामोसले गोल गरेर स्पेनलाई सुरुवाती अग्रता दिलाए।

रामोसले नै २९ औं मिनेटमा दोस्रो गोल गरे भने फातीले ३२ औं मिनेटमा गोल गरे।

फातीको गोलसँगै पहिलो हाफमा स्पेनले ३–० गोलको अग्रता बनाएको थियो। उसले दोस्रो हाफमा पनि एक गोल थप्यो। ८४ औं मिनेटमा टोरेसले गोल गरेपछि ४–० अन्तरले स्पेनले खेल जित्यो।

युक्रेनलाई हराउँदै ४ अंक बनाएको स्पेन लिग ए, ग्रुप ४ को शीर्षस्थानमा छ। त्यस्तै तीन अंक बनाएको युक्रेन समूहको दोस्रो स्थानमा छ।

Laxmi sunrise bank
kumari

यता गएरातिको खेलमा स्विजरल्यान्डसँग बराबरी खेल्दै जर्मनी समूहको तेस्रो स्थानमा छ भने स्विजल्यान्ड अन्तिम स्थानमा छ। जर्मनीको २ अंक छ भने स्विजरल्यान्डको १ अंक छ।

फाती बने कम उमेरमा गोल गर्ने खेलाडी

नेसन्स लिगमा जर्मनीविरुद्ध फातीको गोल रुल आउट भनेपछि युवा फरवार्ड अन्सू फाती गएराति युके्रनविरुद्धको खेलमा गोल गर्दै सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्यि खेलमा गोल गर्ने स्पेनका खेलाडी बनेका छन्।

उनले १७ वर्ष ३११ दिनमा अन्तर्राट्रिय खेलमा गोल गर्दै सो रेकर्ड पूरा गरेका हुन्। यसअघि जुवन एराज्क्विनले १८ वर्ष ३४४ दिनमा स्विजरल्यान्डविरुद्ध गोल गरेर कीर्तिमान बनाएका थिए।

सोही कीर्तिमानलाई फातीले आफ्नो नाम गरेका हुन्। फातीले पहिलेको कीर्तिमान ९५ वर्षपछि तोडेका हुन्। एराज्क्विनले १९२५ जुन १ मा सो रेकर्ड बनाएका थिए।
फातीले रियल मड्रिडको मैदान स्टेडियो डि अल्फ्रेदो स्टेफानोमा बनाएका थिए।

 

प्रकाशित: Sep 07, 2020| 07:06 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।