शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मूल्य वृद्धि र कालोबजारी गर्ने पसलेलाई ५० हजारसम्म जरिवाना

मूल्य वृद्धि र कालोबजारी गर्ने पसलेलाई ५० हजारसम्म जरिवाना

पर्सा- पर्सामा निषेध आदेशको समयमा कालोबजारी तथा मूल्य वृद्धी गरी सामान बेच्ने ४ वटा पसललाई जरिवाना गरिएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

पर्सा- पर्सामा निषेध आदेशको समयमा कालोबजारी तथा मूल्य वृद्धी गरी सामान बेच्ने ४ वटा पसललाई जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना गराएको हो।

वीरगन्ज महानगरको पान गल्ली र रानीघाटमा रहेका विभिन्न खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गर्दा मूल्य सूची नराखेको, खरिद तथा बिक्री बिल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका सामान सञ्चित गरी राखेको अवस्थामा कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले बताए।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम उपभोक्ता ठग्ने र कालोबजारी गर्ने पान गल्लीमा रहेको सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई ५० हजार, न्यू सन्तोष जेनरल स्टोर र जय पान पसल सेन्टरलाई २०,२० हजार र रानीघाटमा रहेको न्यू हरिओम किराना पसललाई पनि २० हजार रूपैयाँ जरिवाना गरिएको छ।

कोरोना महामारीको विषम परिस्थितिमा कालोबाजारी तथा मूल्य वृद्धि गरी बिक्री गर्ने पसलहरूलाई उपभोक्ताको गुनासोका आधारमा कारबाही गरिरहेको जिल्ला संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

प्रकाशित: Sep 07, 2020| 06:32 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।