शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रासायनिक मल नल्याउने दुई कम्पनीको करिब साढे ९ करोड धरौटी जफत

रासायनिक मल नल्याउने दुई कम्पनीको करिब साढे ९ करोड धरौटी जफत

तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- तोकिएको समयमा रासायनिक मलको आपूर्ति नगर्ने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिपर्पोजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ।

कम्पनीको आइतबार बसेको वैठकले शैलुङ र हानोकोसँगको ठेक्का रद्द गर्दै उनीहरुले ब्यांक धरौटी राखेको करिब रु. साढे नौ करोड जफत गर्ने निर्णय गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आज आइतबार पत्रकार सम्मेलन आयोजना गरी ठेक्का रद्द गरिएको र मल आयातका लागि नयाँ प्रक्रिया शुरु गरिने बताए ।

गत वैशाखमा यी दुई कम्पनीले २० भदौसम्ममा २५–२५ हजार टन युरिया मल ल्याउन सम्झौता गरेका थिए। दुबै कम्पनीले पाँच प्रतिशत रकम धरौटी राखेका थिए।

बाँकी कारबाहीका लागि कानुनी परामर्श गरिरहेको पनि मन्त्रालयले जनाएको छ।

शैलुङ इन्टरप्राइजेज विवादित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो भने हानोको मल्टिपर्पोज अर्का निर्माण व्यवसायी हुमनाथ कोइरालाको हो।

ठेक्का पाएका यी दुई कम्पनीले रासायनिक मल आयात नगरेपछि देशभरि मलको हाहाकार छ।

प्रकाशित: Sep 06, 2020| 19:10 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।