काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य अध्ययनरत विधार्थीहरुलाई कोभिड–१९ रोकथाममा स्वयंसेवकका रुपमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले आवश्यकता अनुसार विभिन्न विधामा विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा खटाउने निर्णय गरेको हो।
विद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा खटाउनको लागि सम्झौता गरिसकेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालये यसअघि पनि स्वयंसेवकको माग गर्दै आएको थियो।
