शुक्रबार, भदौ १२, २०८३

२६ जिल्लामा थपिएनन् संक्रमित, कुन जिल्लामा कति थपिए?

पछिल्लो २४ घण्टामा मुलुकका २६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका २६ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएनन्।
आज संक्रमित नथपिने जिल्लामा धनकुटा, इलाम र खोटाङ छन्। 

पाँचथर, सोलु र तेह्रथुममा पनि संक्रमित नथपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। संक्रमित नथपिएका जिल्लामा रामेछाप, नुवाकोट, रसुवा, मकवानपुर छन्।

यस्तै मनाङ, मुस्ताङ र म्याग्दीमा पनि संक्रमित थपिएनन् भने पर्वत, गुल्मी र रोल्पामा पनि संक्रमित थपिएका छैनन्।

पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान, डोल्पा र हुम्लामा पनि संक्रमित नथपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। मुगु, डोटी, बाजुरा, बैतडी र दार्चुला संक्रमित नथपिएका अन्य जिल्ला हुन्।

सबैभन्दा बढी काठमाडौंमा संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा गरी ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

तीमध्ये २९० महिला र ६९० पुरुष छन्। आज पनि सबैभन्दा बढी काठमाडौंमा २९० जना संक्रमित थपिएका छन्।

भोजपुरमा एक जना संक्रमित थपिएका छन्। यस्तै झापामा २८, मोरङमा २९ र सुनसरीमा ८६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयका अनुसार ओखलढुंगामा एक, संखुवासभामा ६ तथा ताप्लेजुङ र उदयपुरमा एकएक जना संक्रमित थपिएका छन्।

सप्तरीमा ११, सिरहामा ६ र धनुषामा १० जना संक्रमित थपिएका छन् भने महोत्तरीमा तीन, सर्लाहीमा पाँच, बारामा ७३, पर्सामा २५ र रौतहटमा आठ जना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा आज संक्रमितको संख्या दुई छ भने दोलखमा सात तथा भक्तपुरमा ३२ जना संक्रमित थपिएका छन्।

धादिङमा १०, काठमाडौंमा २९० र काभ्रेमा एक जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

ललितपुरमा ३२, सिन्धुपाल्चोकमा एक, चितवनमा ३०, बाग्लुङमा तीन जना संक्रमित थपिएका छन्। गोरखामा पाँच, कास्कीमा २१, लमजुङमा दुई, पूर्वी नवलपरासीमा १२, स्याङ्जामा २२ र तनहुँमा सात जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार कपिलवस्तुमा आज चार जना संक्रमित थपिएका छन् भने पश्चिम नवलपरासीमा दुई जना संक्रमित थपिएका छन्।

यस्तै रुपन्देहीमा ३५, अर्घाखाँचीमा ११, पाल्पामा १९, दाङमा तीन जनामा संक्रमण भएको छ। प्यूठानमा चार, बाँके र बर्दियामा ६–६ जनामा संक्रमण भएको छ।

जुम्लामा पाँच, कालिकोटमा एक, सुर्खेतमा ४४ र दैलेखमा दुई जना संक्रमित थपिएका छन्। जाजरकोटमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ।

कैलालीमा २१, अछाममा ११, बझाङमा १०, कञ्चनपुरमा तीन र डडेल्धुरमा दुई जना संक्रमित थपिएका छन्

६३ प्रतिशत संक्रमित डिस्चार्ज

कोरोना संक्रमण भएका बिरामीमध्ये आइतबारसम्म ६३ प्रतिशतलाई निको भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा आजसम्म ४६ हजार २५७ जना संक्रमित भएका छन्।

तीमध्ये २८ हजार ९४१ जना निको भएका छन्। यो कुल संक्रमितको ६३ प्रतिशत हो।

१७ हजार २७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए।

प्रकाशित: Sep 06, 2020| 16:56 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।