सोमबार, असार २९, २०८३

रोनाल्डो विनाको खेलमा पोर्चुगलको सानदार जित

यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजता पार्चुगलले सुरुवाती जित निकालेको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजता पार्चुगलले सुरुवाती जित निकालेको छ।

उसले २०१८ को विश्वकप उपविजेता क्रोएसियालाई ४–१ गोअन्तरले हराउँदै सानदार जित निकालेको हो। पोर्चुगलको जितका लागि जोआ क्यान्सेलो, डियगो जोटा, ओजा फेलिक्स र आन्द्रे सिल्वाले १–१ गोल गरे।

खेलको पहिलो हाफमा क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए। उनले ४१ औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा पोर्चुगल एक गोलले अघि रह्यो।

दोस्रो हाफमा पोर्चुगलले तीन गोल थप्यो। ५८ औं मिनेटमा जोताले दोस्रो गोल गरे भने ७९ औं मिनेटमा फेलिक्सले तेस्रो गोल गर्दा घरेलु टिम पोर्चुगल ३–० गोलले अघि थियो।

तर खेलको इन्जुरी समयमा ब्रुनो पेट्कोविकले पाहुना टिमका लागि सान्त्वना गोल फर्काए। सान्त्वना गोल लगत्तै सिल्वाले गोल गरेपछि भने पार्चुगलले ४–१ गोल अन्तरको जित शुनिश्चित गर्यो।

जितसँगै पार्चुगल लिग ए समूह ३ को शीर्षस्थानमा छ भने परातिज क्रोएसिया समूहको पुछारमा छ।

शनिबार रातिको खेलमा फरवार्ड क्रिस्टियानो रोनाल्डो भने उस्थित थिएनन्।

प्रकाशित: Sep 06, 2020| 08:10 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।