सोमबार, असार २९, २०८३

एम्बाप्पेको गोलमा फ्रान्सको जित

काठमाडौं– २०१८ को विश्वकप विजेता फ्रान्सले यूईएफए नेसन्स लिगमा सुरुवाती जित निकालेको छ। उसले बलियो प्रतिस्पर्धी स्विडेनलाई १–० गोलले हराउँदै जित निकालेको हो।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं– २०१८ को विश्वकप विजेता फ्रान्सले यूईएफए नेसन्स लिगमा सुरुवाती जित निकालेको छ। उसले बलियो प्रतिस्पर्धी स्विडेनलाई १–० गोलले हराउँदै जित निकालेको हो।

स्विडेनको फ्रेन्ड्स एरिनामा सम्पन्न खेलमा फ्रान्सका केलियन एम्बाप्पेले ४१ औं मिनेटमा गोल गर्दै पाहुना टिमलाई जित दिलाएका थिए।

पहिलो हाफमा एम्बाप्पेले गोल गरे पनि दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन्। फ्रान्सका फरवार्ड एन्टोली ग्रिजम्यानले खेलको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई गोलमा बदल्न नसकेपछि फ्रान्सले एक गोलको अग्रतामा जित निकाल्यो।

जितसँगै तीन अंक जोडेको फ्रान्स लिग ए, समूह ३ को दोस्रो स्थानमा छ। समान तीन अंक भएको पोर्चुगल गोल अन्तरका आधारमा शीर्षस्थानमा छ भने अंकविहिन स्विडेन र क्रोएसिया समूहको तेस्रो र चौथो स्थानमा छन्।

नेसन्स लिगमा आजका खेलः

वेल्स र बुल्गेरिया, राति पौने ७ बजे
हंगेरी र रसिया, राति पौने १० बजे
स्विट्जरल्यान्ड र जर्मनी, राति साढे १२ बजे
स्पेन र युक्रेन, राति साढे १२ बजे

प्रकाशित: Sep 06, 2020| 08:07 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।