सोमबार, असार २९, २०८३

सीपीएलमा सन्दीपको टिम जमैकाको पाँचौ हार

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा पाँचौ हार बेहोरेको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा पाँचौ हार बेहोरेको छ।

शनिबार रातिको खेलमा जमैकाले बार्बाडोस ट्रिन्डेन्टसँग ७ विकेटको हार बेहोरेको हो।

टस जितेर ब्याटिङ सम्हालेको जमैकाले निर्धारित २० ओरभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमै तीन विकेट गुमाएर १६५ रन बनाउँदै खेल जित्यो।

बार्बाडोसका लागि जासन होल्डरले २ छक्का र ९ चौकाको सहारामा ६९ रनको अर्धसतकिय पारी खेले।

साथै जोनाथन कार्टलर र माइकल सान्टनलरले अविजित रहँदै ४२ र ३५ रन बनाए। जमैकाका तर्फबाट लामिछानेसहित ओसाने थोमस र प्रिस्टोन म्याक्विनले १–१ विकेट लिए।

पहिलो इनिङमा जमैकाका जर्माइन ब्ल्याकवुडले ७४ रन जोडे भने आन्द्रे रुसेलले ५४ रन जोडे।

यसबाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गरेनन। यता बार्बाडोसबा जोसुवा बिशहोप, होल्डर, राशिद खान र हयदेन वान्शले समान १–१ विकेट लिए।

प्रकाशित: Sep 06, 2020| 07:47 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।