सोमबार, असार २९, २०८३

स्टार्लिङको गोलमा इंग्ल्यान्डको जित  

यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारराति सम्पन्न खेलमा इंग्ल्यान्डले आइसल्यान्डलाई हराएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं- यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारराति सम्पन्न खेलमा इंग्ल्यान्डले आइसल्यान्डलाई हराएको छ।

आइसल्यान्डको लौगार्डस्भलर रंगशालामा सम्पन्न खेलमा पाहुना टिम इंग्ल्यान्डले घरेलु टोलीलाई १-० गोल अन्तरले हराएको हो।

प्रतियोगितामा इंग्ल्यान्डका मिडफिल्डर रहिम स्टार्लिङले निर्णायक गोल गरे। उनले खेलको अन्तिम मिनेटमा पोनाल्टीमा पाएको अवसरको उपयोग गर्दै इंग्लायन्डलाई जित दिलाए।

त्यसअघि ७० औं मिनेटमा इंग्ल्यान्डका केयली वल्कर डबल यल्लो कार्ड खाँदै बाहिरिएपछि पाहुना टिम १० खेलाडीमा सिमित बनेको थियो। त्यसगत्तै पाएको पेनाल्टीमार्फत आइसल्यान्डले गोल गर्न सकेन्।

यता आइसल्यान्डका स्विरिर इन्गी इन्गासोनले पनि ८९ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएपछि पाएको पेनाल्टी इंग्ल्यान्डले सदुपयोग गर्दै गोल गरेको हो।

त्यसअघि इंग्ल्यान्डका कप्तान ह्यारी केनको गोल भने रेफ्रीले अफसाइड भन्दै मान्यता दिएनन्।

जितसँगै इंग्ल्यान्ड तीन अंकका साथ लिग ए, समूह २ को दोस्रो स्थानमा छ। शनिबार रातिकै खेलबाट जित निकालेको बेल्जियम भने शीर्ष स्थानमा छ। बेल्जियमले डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जित निकालेको थियो।

त्यस्तै आयसल्यान्ड र डेनमार्क भने समूहको तेस्रो र चौथो स्थानमा छन्।

प्रकाशित: Sep 06, 2020| 07:35 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।