पर्सा- पर्सामा आज विभिन्न आइसोलेसनबाट ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका अनुसार अस्थायी कोभिड अस्पताल गण्डकबाट १४ जना, कलवार धर्मशालाबाट १५ जना, नारायणी बयोधा आइसोलेसनबाट ३ जना, राणीसति धर्मशालाबाट ३० जना, होटल कुमु प्यालेस आइसोलेसनबाट १० जना, बयोधा होम आइसोलेसनबाट १ जना गरी वीरगंज महानगरभित्रका आइसोलेसनबाट ७३ जना संक्रमणमुक्त भएका छन्।
यसैगरी पर्साको ग्रामीण क्षेत्रका पटेर्वा सुगौली सामुदायिक आइसोलेसनबाट १ जना, नगरदाहा सामुदायिक आइसोलेसन बहुदरमाईबाट २ जना, बागेश्वरी आइसोलेसन पर्सागढीबाट १६ जना, पर्सागढी होम आइसोलेसनबाट १ जना गरी कुल ९३ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले बताए।
