मंगलबार, भदौ २३, २०८३

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

 कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

वीरगन्ज- कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।

वीरगन्जस्थित नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ती व्यक्तिको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ७५ वर्षीय पुरुषको शुक्रबार राति साढे ११ बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।

उनका अनुसार क्षयरोगका रोगीसमेत रहेका ती पुरुष विगत १५ दिनदेखि उपचार गराइरहेका थिए। कोरोना संक्रमण पुष्टि भएपछि उनी भदौ ५ मा कोभिड अस्पतालमा भर्ना भएका थिए। कोभिड अस्पतालमा उपचारको क्रममा उनको दुवै फोक्सोमा निमोनिया भएको देखिएको थियो।

प्रकाशित: Sep 05, 2020| 12:35 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।