बुधबार, माघ २, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सभापति देउवाविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस सभापति देउवाविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

सभापतिको कार्यशैलीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार दिउँसो २ बजे पौडेल पक्षका केन्द्रीय सदस्यहरुसँग जुम मिटिङ गर्न लागेका हुन्।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

ntc landingntc landing

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेपछि पनि सभापति शेरबहादुर देउवाले विभाग गठनलगायतका कार्य विधानविपरीत जारी राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट भएको छ।

himalayan bank box

सभापति देउवाको उक्त कार्यको विरुद्धमा रणनीति बनाउन पौडेल पक्षका नेताहरुले छलफल गर्ने भएका छन्।

सभापतिको कार्यशैलीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार दिउँसो २ बजे पौडेल पक्षका केन्द्रीय सदस्यहरुसँग जुम मिटिङ गर्न लागेका हुन्। बैठकपछि दबाबका कार्यक्रम सार्वजनिक गरिने केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। असन्तुष्ट पक्षले यसअघि पनि दुईपटक जुम मिटिङ गरिसकेको छ।

सभापति देउवाले विभागमा मनोनयन जारी राखेपछि पौडेल पक्ष असन्तुष्ट बनेको छ।

‘हामीले पटक–पटक सभापतिलाई निर्णय फिर्ता लिन आग्रह गर्दै आयौं, तर उहाँले फिर्ता लिने भन्दा पनि झन विस्तार गर्दै जान थाल्नुभयो,’ घिमिरेले भने, ‘आजको बैठकबाट चरणबद्ध दबाबका कार्यक्रम सार्वजनिक गर्छौं।’

पौडेल पक्षले यसअघि विरोधका कार्यक्रम प्रस्ताव गर्न एक कार्यदल बनाएको थियो। कार्यदलले प्रस्ताव गरेका कार्यक्रमहरुलाई आजको बैठकले निर्णय गर्ने बताइएको छ।

कांग्रेसका ४७ वटा विभागमध्ये देउवाले अहिलेसम्म २० वटा विभागलाई पूर्णता दिएका छन्। विभागका आफू पक्षका नेताकार्यकर्तालाई नसमेटिएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ।

आजको बैठकले चरणबद्ध दबाब दिने कार्यक्रम अन्तर्गत सभापतिलाई अल्टिमेटम दिने, देशभर अन्तक्रिया, धर्ना, पदाधिकारीबाट राजीनामा, आफूनिकटका भ्रातृसंस्थाका पदाधिकारी फिर्ता बोलाउने लगायतका कार्यक्रम तय गर्ने घिमिरेले जानकारी दिए।

प्रकाशित: Sep 05, 2020| 11:44 शनिबार, भदौ २०, २०७७
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।