बिहीबार, कात्तिक २७, २०८२

सुदूरपश्चिममा अहिलेसम्म ५१११ जना संक्रमणमुक्त

प्रदेशमा कुल ५ हजार ९७६ जना कोरोना संक्रमित पुष्टि भएकोमा हाल एक्टिभ केस ८५४ छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
 |  शनिबार, भदौ २०, २०७७

भीम चौधरी

भीम चौधरी

शनिबार, भदौ २०, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा कुल ५ हजार १११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यो संख्या पछिल्लो २४ घण्टामा ६९ छ।

National life

प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार पछिल्लो २४ घण्टामा अछामबाट ३५, बझाङबाट २६, कैलालीबाट १० र डोटीबाट तीन जना डिस्चार्ज भएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार अहिलेसम्म कैलालीका एक हजार ३४६, डोटीका ८६४, अछामका ८४८, कञ्चनपुरका ६३५, बाजुराका ४४२, बैतडीका ३२५, डडेल्धुराका २९९, बझाङका २८५ र दार्चुलाका ४१ जना कोरोना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

त्यस्तै प्रदेशमा कुल ५ हजार ९७६ जना कोरोना संक्रमित पुष्टि भएकोमा हाल एक्टिभ केस ८५४ छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

एक्टिभ केस अर्थात हाल  कायम संक्रमित संख्या शुक्रबारसम्म कैलाली जिल्लामा ४३८, बझाङमा १०८, डोटीमा ८९, अछाममा ७४, बैतडीमा ५६, कंचनपुरमा ५२,  डडेल्धुरामा २०,  दार्चुलामा ९ र बाजुरामा ८ रहेको निर्देशनालायले जनाएको छ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 05, 2020| 11:15 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।