विराटनगर- कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप दुई महिलाको मृत्यु भएको छ।
एक जनाको कोसी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार साँझ मृत्यु भएको हो।
कोसी अस्पतालमा निधन भएकी विराटनगर ४ की ६४ वर्षीया महिलाको शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिष्ठानमा निधन भएकी महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताइएको छ। मृतकमा बुधबार कोरोना पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले बिहीबार प्रतिष्ठानमा रेफर गरेको थियो।
योसहित प्रदेश १ मा कोरोनाबाट मृत्युु हुनेको संख्या ३७ पुगेको छ।