सोमबार, असार २९, २०८३

सुआरेज इटालीयन क्लब युभेन्टस् जाने

स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज इटालीयन लिगविजेता क्लब युभेन्टस् जान तयार भएका छन्।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज इटालीयन लिगविजेता क्लब युभेन्टस् जान तयार भएका छन्। उनी फ्री ट्रान्फरमार्फत् सिरी ए क्लब जान लागेका हुन्।

तर स्पेनिस क्लब बार्सिलोनाले उनको रिलिज क्लज दाबी गरेमा केही रकम कटौती गरेर पुनः सम्झौता गरिने बीबीसीले जनाएको छ। बार्सिलोनामा उरुग्वीयन स्टारको सम्झौता अझै एक वर्ष बाँकी छ। उनले २०१६ मा पाँच वर्षका लागि सम्झौता गरेका थिए।

तर, सम्भौतामा उनले अन्तिम सिजन (२०२०/२०२१) का ६० प्रतिशत खेलमा सहभागी भएको अवस्थामा एक वर्ष थपिने प्रावधानसमेत थियो।

यता, सुआरेजको बिदाईले अर्का फरवार्ड लियोनेल मेस्सीको योजनामा असर नपर्ने युरोपीयन मिडियाहरुले बताएका छन्। उनीहरु बार्सिलोनामा रहँदा नजिकका साथी थिए। साथै स्पेनमा उनीरुको घर नजिकै छ।

यता, टुरिनमा भने सुआरेजले मेस्सीको निकट प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोसँग खेल्नेछन्। रोनाल्डो र मेस्सीलाई विश्वकै उत्कृट फुटबलरका साथै एक अर्काका निकट प्रतिद्वन्द्वी मानिन्छ।

सुआरेजलाई बार्सिलोनाले २०१४ मा ७४ मिलियन पाउन्ड खर्च गर्दै प्रिमियर क्लब लिभरपुलबाट ला लिगा क्लबमा अनुबन्ध गरेको थियो। जहाँ उनले २८३ खेलमा सहभागी बनेर १९८ गोल गरेका छन्।

उनी बार्सिलोनामा अनुबन्ध भएपछि मेस्सी-नेयमार-सुआरेजको फरवार्ड टिम विश्वमै चर्चित थियो।

यो तीन जनासहितको टिमले लिग, कप र च्याम्पियन्स लिग जितेर ट्रिबल पुरा गरेको थियो। साथै सुआरेजले अन्य तीन कोपा डेल रे, दुई स्पेनिस सुपर कप, युईएफए सुपर कपसमेत जितेका छन्।

तर, गएको सिजनमा बार्सिलोनाले कुनै उपाधि जित्न सकेन्।

प्रकाशित: Sep 04, 2020| 18:50 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।