मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • चेन्नई सुपर किंग्सको अभ्यास सुरु, रैनापछि हरभजनले पनि नाम फिर्ता लिए

चेन्नई सुपर किंग्सको अभ्यास सुरु, रैनापछि हरभजनले पनि नाम फिर्ता लिए

इन्डियन प्रिमियर लिग (ईपीएल)को तयारीमा गत अगस्ट २१ मै युनाइटेड अरब इमिरेट (यूएई) मा पुगेको चेन्नाई सुपर किंग्स (सीएसके) ले ढिलो गरेर खेल अभ्यास सुरु गरेको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (ईपीइल) क्रिकेटको तयारीमा गत अगस्ट २१ मै युनाइटेड अरब इमिरेट्स (यूएई) मा पुगेको चेन्नाई सुपर किंग्स (सीएसके) ले ढिलो गरेर खेल अभ्यास सुरु गरेको छ। उसले आज (सेम्टेम्बर ४) बाट अभ्यास सुरु गरेको हो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले युएई पुगेर क्वारेन्टिनमा बसेको ६ दिनपछि अभ्यास सुरु गर्न पाउने नियम बनाएको भए पनि सीएसकेका खेलाडीले अभ्यास सुरु गर्न पाएका थिएनन्।

गत हप्ताको कारोना परीक्षणमा २ खेलाडीसहित १३ जनालाई कोरोना देखिएपछि फ्रेन्चाइज क्लबले क्वारेन्टिन अवधि लामो बनाएको थियो।

थपिएको क्वारेन्टिन अवधिमा थप दुई परीक्षण गरेर नेगेटिभ नतिजा आएका खेलाडीले आजदेखि अभ्यास सुरु गरेका हुन्।

दक्षिण अफ्रिकाबाट युएई पुगेका फाफ डू प्लेसिस र लुंगी निगिदीले आजको अभ्यास खेलमा सहभागिता जनाएनन्। उनीहरु सेप्टेम्बर १ मा मात्र युएई पुगेका कारण ६ दिनको क्वारेन्टिन अवधिको आधा समय मात्र भएको छ। उनीहरु ७ सेम्टेम्बरबाट सहभागी बन्ने बताइएको छ।

हरभजन सिंह अझै पुगेनन् युएई

सेप्टेम्बर पहिलो साता युएई पुगेर चेन्नईको टिममा जोडिने विश्वास गरिएका सिनियर अफस्पिनर हरभजन सिंह अहिलेसम्म भारतमै छन्। उनले ‘व्यक्तिगत कारण’ बताउँदै स्क्वाडमा सहभागी नहुने भएको क्बलका सीइओ काशी विश्वनाथनले बताएका छन्।

उनले हरभजन उपस्थित हुने/नहुनेबारे निश्चित भइनसकेको बताएका छन्। यता केही भारतीय मिडियाका अनुसार सिंहले आईपीएलबाट आफ्नो नाम फिर्ता लिइसकेका छन्।

त्यस्तै सेप्टेम्बर अन्तिममा भारत फर्किएका सुरेश रैनाबारे पनि फ्रेन्चाइज क्लबले निर्णय गरि नसकेको सीईओ विश्वनाथनले बताएका छन्।

प्रकाशित: Sep 04, 2020| 15:50 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।