बुधबार, चैत ११, २०८२

एसईई दिएका विद्यार्थीलाई ‘बी वान ग्रुप’ को छात्रवृत्ति

'बी वान ग्रुप अफ कम्पनी' ले एसईई उत्तीर्ण भएका विद्यार्थीहरुका लागि छात्रवृत्ति योजना ल्याएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

सुर्खेत- 'बी वान ग्रुप अफ कम्पनी' ले एसईई उत्तीर्ण भएका विद्यार्थीहरुका लागि छात्रवृत्ति योजना ल्याएको छ।

National life

कोभिड-१९ का कारण मुलुकभर पठनपाठन ठप्प रहेको अवस्थामा कम्पनीले छात्रवृत्ति छनोट योजना २०७७ ल्याएको हो। कोभिड १९ को महामारी रहेका बेला कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जेहेन्दार तथा मिहिनेती विद्यार्थीहरुका लागि छात्रवृत्ति योजना ल्याएको कम्पनीका अध्यक्ष त्रिभुवन ढकालले जानकारी दिए।

यस वर्षको एसईई सकेर बसेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट फर्म निःशुल्क भरिसकेपछि उत्कृष्ट विद्यार्थी छनोट गरी १० जनालाई मुलुकभरका जुनसुकै कलेजमा जुनसुकै विषय पढ्न पाउने गरी आंशिक वा पूर्णरुपमा छात्रवृत्तिको व्यवस्था मिलाइने अध्यक्ष ढकालले बताए।

असोजमा हुने प्रवेश परीक्षाको आधारमा पहिलो हुने विद्यार्थीलाई मुलुकभर जुनसुकै कलेजमा जुन विषय अध्ययन गर्ने भए पनि पूर्ण रुपमा छात्रवृत्तिको व्यवस्था मिलाइने छ भने बाँकी ९ जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराइनेछ।

कोभिड-१९ को महामारीको कारण अभिभावकहरु छोराछोरीको शैक्षिक अवस्थाका विषयमा चिन्तित रहेका बेला यस छात्रवृत्ति कार्यक्रमले केही सहयोग पुग्ने विश्वास आफूले लिएको ढकालले बताए।

Laxmi sunrise bank
kumari

ग्रुपअन्तर्गगको ‘बी वान कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी’ ले विषम परिस्थितिलाई ध्यान दिई अनलाइनबाट नयाँ भर्ना कार्यक्रम एवम् सम्पूर्ण शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याएको कलेज प्रशासनले जनाएको छ।

यसै वर्षबाट उक्त कलेजले डिप्लोमा इन होटेल म्यानेजमेन्ट, डिप्लोमा फर प्रोफेशनल कुकरी, डिप्लोमा इन रिटेल म्यानेजमेन्ट र डिप्लोमा इन फेसन डिजाइनिङका कोर्सहरु पनि सुरु गर्दैछ।

देशभरका जुनसुकै ठाउँका विद्यार्थीले पनि सहभागी हुन पाउने कोभिड-१९ छात्रवृत्ति योजना २०७७ को छात्रवृत्ति छनौट प्रक्रियामा भाग लिन असोज ७ गतेसम्म तलको लिंकमा क्लिक गरेर फर्म भरेको हुनुपर्नेछ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: Sep 03, 2020| 14:10 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्