सोमबार, असार २९, २०८३

ला लिगाको खेल तालिका सार्वजनिक

काठमाडौं– स्पेनिस फुटबल फेडेरेसनले आगामी सिजनको ला लिगा सेप्टेम्बर १३ बाट हुने बताएको छ। उसले आउँदो सिजन २०२०–२१ का खेल\ तालिका पनि सार्वजनिक गरेको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– स्पेनिस फुटबल फेडेरेसनले आगामी सिजनको ला लिगा सेप्टेम्बर १३ बाट हुने बताएको छ। उसले आउँदो सिजन २०२०–२१ का खेल तालिका पनि सार्वजनिक गरेको छ।

लस रोजसमा सोमबार राति सार्वजनिक गरिएको तालिकामा ३८ खेल मितिसहित उल्लेख गरिएका छन्। ला लिगाको पहिलो विकिन्डमा सात खेल समावेश गरिएका छन्।

यो सिजन मात्र ला लिगामा बढुवा भएका केही टिमको पहिलो खेल भने केही समयका लागि स्थगित गरिएको छ। दोस्रो डिभिजनबाट आएका क्लबहरुलाई आरामका लागि समय दिन भन्दै ला लिगाले उसका खेल स्थगित गरेको छ।

जारी सिजनको फिक्स्चर पनि अहिलेको सिजनको भन्दा पृथक छ। सिजनको पहिलो हाफ र दोस्रो हाफको फिक्स्चर समान छैन।

आउँदो सिजनको पहिलो एल क्लासिको अर्थात् रियल र बासिलोनाको खेल अक्टोबर २५मा हुने भएको छ भने सान्टियागो बर्नाबेउमा दोस्रो लेगेको खेल २०२१ को अप्रिलमा राखिएको छ।

प्रकाशित: Sep 01, 2020| 15:20 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।