सोमबार, असार २९, २०८३

जोय रुटले अष्ट्रेलियाविरुद्धको टी–२० नखेल्ने

इङ्ल्यान्डका टेस्ट कप्तान जोय रुट अष्ट्रेलियाविरुद्धको टी–२० क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन्।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

लण्डन- इङ्ल्यान्डका टेस्ट कप्तान जोय रुट अष्ट्रेलियाविरुद्धको टी–२० क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन्। घरेलु मैदानमा तीन खेलको शृंखलामा उनी अनुपस्थित रहने भएका हुन्।

तर अष्ट्रेलियाविरुद्धकै एक दिवसीयमा भने क्रिस वोक्ससँग जस बटलर, जोफ्रा आर्चर, साम कुरन र मार्क वुडसहित रुट पनि स्क्वाडमा रेहेका छन्।

यता, न्यूजिल्यान्डमा रहेका पिता बिमारी भएपछि उनलाई भेट्न गएका बेन स्टोक्सले पनि पाकिस्तानविरुद्धको दुई खेल गुमाएका छन्। त्यसैले अन्य टी–२० का महत्वपूर्ण खेलाडी रेस्टमा रहेका बेला रुटलाई स्क्वाडबाट हटाइएको बीबीसीले जनाएको छ।

पाकिस्तानसँगको तीन शृंखलाको सिरिज सकिएपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग खेल्नेछ। यसको लागि अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोली इङ्ल्यान्ड पुगिसकेको छ।

सिरिज आउँदो शुक्रबारबाट सुरु हुँदैछ भने अष्ट्रेलियासँगकै एक दिवसीय सिरिज आउँदो सेम्टेम्बरल ११ बाट सुरु हुनेछ। बीबीसी

प्रकाशित: Aug 31, 2020| 19:10 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।