बुधबार, साउन २०, २०८३

अध्ययन र परीक्षाको लागि विदेशी विद्यार्थी आउन पाउने

सरकारले नेपालमा अध्ययन गर्न र अध्ययनरत विद्यार्थीलाई परीक्षा दिन आउन दिने निर्णय गरेको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– सरकारले नेपालमा अध्ययन गर्न र अध्ययनरत विद्यार्थीलाई परीक्षा दिन आउन दिने निर्णय गरेको छ।

१४ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले ७२ घण्टाभित्रको आरटी पीसीआर नेगेटिभ रिपोर्टसहित आउन दिने निर्णय गरेको हो।

विद्यार्थीले शिक्षण संस्थामा भर्ना भएको प्रमाणको आधारमा शिक्षा मन्त्रालयले सिफरिस दिने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

आउने विद्यार्थीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ।

नेपालमा मेडिकल शिक्षामा विदेशी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: Aug 31, 2020| 17:37 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्