सोमबार, असार २९, २०८३

युएस ओपन टेनिस आज सुरु हुँदै

अमेरिकाको न्युयोर्कमा आजदेखि युएस ओपन टेनिस सुरु हुँदैछ। कोरोना महामारीका कारण लामो समयसम्म प्रभावित बनेको प्रतियोगिता आज (सोमबार)देखि सुरु हुन लागेको हो।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- अमेरिकाको न्युयोर्कमा आजदेखि युएस ओपन टेनिस सुरु हुँदैछ। कोरोना महामारीका कारण लामो समयसम्म प्रभावित बनेको प्रतियोगिता आज (सोमबार)देखि सुरु हुन लागेको हो।

कोरोना महामारीकै बीचमा सुरु हुने यो नै पहिलो ग्राण्डस्लाम प्रतियोगिता हो। यसअघि विम्वेल्डन टेनिस रद्ध भइसहेको छ भने फ्रेन्च र अष्ट्रेलियन ओपन पनि यो वर्षलाई स्थगित गरिएका छन्। दोस्रो विश्वयुद्धपछि विम्वेल्डन प्रतियोगिता पहिलोपटक रद्ध भएको थियो।

युएस ओपनको पुरुष सिंगलतर्फ आज राति पौने ९ बजे ७ खेल सुरु हुनेछन् भने आजै पहिलो चरणका १८ खेल सम्पन्न हुनेछन्। त्यस्तै महिला सिंगलतर्फ आज १२ खेल हुनेछन्।

तर ग्राण्डस्लममा महामारीका कारण धेरै विश्वस्तरीय खेलाडीको उपस्थिति छैन। ग्राण्डस्लमका साविक विजेता राफेल नाडाललगायत केही खेलाडी उपस्थित हुने छैनन्।

विश्व नम्बर वान नोभाक जोकोविच, डोमिनिक थिम, एन्डी मर्रे, डेभिड गोफिन, एलेक्जेन्डर जेभरेब लगायतका खेलाडीले युएस ओपनमा सहभागिता जनाएका छन्। पहिलो राउन्डको खेलमा नोभाक जोकोविचले डाविडोविच फेकिनासँग प्रतिस्पर्धा गर्नेछन्।

यता महिलातर्फ भने विश्व नम्बर एक एस्लेघ बार्टी साथै दोस्रो वरियताका सिमोना हालेपसहित एलिना स्विटोलिना, किकी बेर्टेन्स लगायतले खेलाडीले युएस ओपनबाट आफ्नो नाम फिर्ता लिइसकेका छन्।

तर जापानी खेलाडी नाओमी ओसाका, सेरेना विलियम्स, कारोलिना प्लिस्कोभा, सोफिया किन, पेट्रा केभिटोभा, माडिसन किजलजस्ता खेलाडीले भने प्रतियोगितामा सहभागिता जनाएका छन्।

ओसाकाले पहिलो खेलमा जापानकै मिसाकी डोइसँग खेल्नेछिन्। त्यस्तै सेरेना विलियम्सले पहिलो खेलमा कृष्टि अहनसँग खेल्नेछिन्। यी दुबै जनाको खेल मंगलबार राति हुनेछ।

प्रतियोगिताको फाइनल खेल १३ सेप्टेम्बरमा हुनेछ।

प्रकाशित: Aug 31, 2020| 16:55 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।