बुधबार, चैत ४, २०८२

दोस्रो खेलमा इंग्ल्यान्ड विजयी

काठमाडौं– पाकिस्तानविरुद्धको दोस्रो टी–२० क्रिकेटमा आयोजक इंग्ल्यान्डले ५ विकेटको जित निकालेको छ। म्यानचेस्टर रंगशालामा सम्पन्न खेलमा १९६ रनको विशाल लक्ष्य पूरा गर्दै इंग्ल्यान्डले खेल जितेको हो।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– पाकिस्तानविरुद्धको दोस्रो टी–२० क्रिकेटमा आयोजक इंग्ल्यान्डले ५ विकेटको जित निकालेको छ। म्यानचेस्टर रंगशालामा सम्पन्न खेलमा १९६ रनको विशाल लक्ष्य पूरा गर्दै इंग्ल्यान्डले खेल जितेको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले सम्पूर्ण ओभर खेलेर विस्फोटक ब्याटिङ गर्दै मात्र ४ विकेटको क्षतिमा १९५ रन बनाएको थियो। १९६ रनको लक्ष्य पाएको इंग्ल्यान्डले पनि उत्कृष्ट प्रदर्शन गरेर ५ बल बाँकी रहँदै पाँच विकेट गुमाएर सो लक्ष्य पूरा गर्यो।

इंग्ल्यान्डका कप्तान इयोन मोर्गेनले ६६ रनको अर्धसतकिय पारी खेले भने डाविस मलाहले अविजित रहँदै ५४ रन बनाए। त्यस्तै जोन्नी ब्रिस्टोवले ४४ रनको योगदान दिए।

यता पाकिस्तानको तर्फबाट शदाव खानले ३ विकेट लिए भने हरिश रौफले २ विकेट लिए। पहिलो इनिङमा ब्याटिङ सम्हालेको पाहुना टिमका मोहम्मद हफिजले सर्वाधिक ६९ रन बनाए भने कप्तान बाबर अजमले ४४ रनको योजदान दिए। फखर जमानले ३६ रन बनाएको खेलमा अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गरेनन्।

बरु इंग्ल्यान्डका आदिल रशिदले २ विकेट लिँदा क्रिस जोर्डन र टोम कुरनले समान १–१ विकेट लिए।

Laxmi sunrise bank
kumari

तीन शृंखलाको पहिलो टी–२० प्रतिकुल मौसमका कारण प्रभावित बनेको थियो भने तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ।

यसपहिले सम्पन्न तीन शृंखलाको टेस्ट क्रिकेटमा इंग्ल्यान्डले १–० को जित निकालेको थियो।

 

प्रकाशित: Aug 31, 2020| 06:53 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।