बुधबार, चैत ४, २०८२

कसले लेला चेन्नईमा सुरेश रैनाको ठाउँ ?

सुरेश रैना इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएपछि चेन्नाई सुपर सुपर किंग्स (सिएसके) को स्क्वाड कमजोर बनेको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- सुरेश रैना इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएपछि चेन्नाई सुपर सुपर किंग्स (सिएसके) को स्क्वाड कमजोर बनेको छ। जसकारण उसले अब नयाँ खेलाडी क्लबमा ल्यानुपर्ने हुन्छ।

National life

पोहोर अक्सन भएकै खेलाडीलाई परिवर्तन नगरी खेलाउने लागिएको आउँदो सिजनमा रैना बाहिरिनु सिएसकेका लागि घाटा त हो नै उनको असन्तुष्टिले अन्य खेलाडीहरु पनि दबाबमा रहेर खेलिरहेको प्रमाणित गरेको छ।

केही दिनअघि भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीले पनि कोरोनाका कारण खेलाडी गुमाउनु पर्दा क्लब र प्रतियोगितामा धेरै असर पर्ने बताएका थिए।

कोहलीले टिमलाई चेतावनी दिँदै भने, ‘मापदण्ड उल्लंघन गरेकै कारण कुनै खेलाडीलाई गुमाउनु पर्यो भने त्यो सह्य हुने छैन । यदि हामीमध्ये कसैलाई क्षति भयो भने, त्यो पुरै टिम, (क्रिकेट) संस्कृतिलाई क्षति पुग्नेछ। तपाईँहरु सबैले परिणाम केसम्म हुनसक्छ भन्ने अहिल्यै बुझ्नुहोस्।’

उनी रिसाएको अभिव्यक्ति सार्वजनिक भएपछि कोहली आबद्ध क्लब रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले अभ्यासको भिडियो खिचेरै खेलाडी नरिसाएको प्रमाणित गर्न खोजेको छ।

Laxmi sunrise bank
kumari

तर कोहलीले भनेजस्तो रैना मापदण्ड उल्लंघन गरेर बाहिरिएका भने होइनन्। बीसीसीआईले बनाएको मापदण्डमा खुसी नभएपछि उनी बाहिरिएको अनुमान क्रिकेट पण्डितहरुले गरेका छन्।

उनी क्लबबाट बाहिर गएपछि क्रिकेटमा बबल आइसोलेसनको नियम कडा रहेको अनुमान समर्थकले गर्न थालेका छन्। जसलाई हटाउन विभिन्न फ्रेन्चाइज क्लबले अभ्यासको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्।

यता, सीएसकेले रैना बाहिरिसकेपछि नयाँ खेलाडीको खोजी सुरु गर्ने भएको छ। उनको सट्टामा क्लबमा आउन सक्ने तीन सिजन विजेता खेलाडीको लिस्ट ईएसपीएन क्रिकइन्फोले तयार गरेको छ ः

युसुफ पठान
३८ वर्षीय खेलाडी युसुफ पठानले राजस्थान रोयल्सबाट खेलिसकेका छन्। अनुभवी खेलाडीको खोजी गरिरहेको सीएसकेका लागि पठान उपयुक्त विकप्ल हुनेछन्।

उनी २७५ खेलमा सहभागी बनिसकेका खेलाडी पनि हुन्। विराट कोहली, दिनेश कार्तिक, महेन्द्र सिंह धोनी, सुरेस रैना र रोहित शर्माले मात्र उनले भन्दा धेरै टी–२० क्रिकेट खेलेका छन्।
उनको स्ट्राइक रेट ८८.८८ छ।

मनोज तिवारी
पछिल्लो अक्सनमा कुनै क्लबमा नपरेका मनोज तिवारी त्यसपछि क्रिकेट कमेन्ट्री गरिरहेका छन्। तिवारी आउँदो नोभेम्बरमा ३५ वर्षका हुँदैछन्। यदि सिएसकेले मिडल अर्डर स्लट ब्याट्स्मेन खोजी गरिरहेको भए उनी राम्रो विकल्प हुन सक्छन्।
उनले गत वर्ष अन्तिम टी–२० क्रिकेट खेलेका थिए। साथै उनले धोनी र प्रशिक्षक स्टेफेन फ्लेमिङसँग मिलेर राइजिङ पुने सुपरजायन्टमा सहकार्य गरेका थिए।

ध्रुब शोरे
सीएसकेका लागि पनि ध्रुब शोरे अर्को विकल्प हुन्। उनी सन् २०१८ मा आईपीएल जितेको सिजन र उपविजेता भएको अघिल्लो सिजनमा सिएसकेमा थिए।

दिल्लीका रेड बल खेलाडीका नामले परिचित २८ वर्षे खेलाडीले सेतो बलमा पनि राम्रो खेल प्रस्तुत गर्छन्। उनी ब्याट्समेनका साथै उत्कृष्ट अलराउन्डर पनि हुन्।

हनुमा विहारी

टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका विहारीले अहिलेसम्म टी–२० क्रिकेटमा सफल खेल पस्कन सकेका छैनन्। मध्यम लयका ब्याट्समेन तिवारीले दिल्ली क्यापिटल्स र सनराइजर्सबाट ७४ टी–२० खेलेका छन्। र, उनी सिएसकेको मिडल अर्डरमा राम्रो हुन सक्नेछन्।
उनले अहिले क्यारेबियन प्रिमियर लिगमा पनि राम्रो प्रदर्शन गरिरहेका छन्।

चेतेश्वर पुजारा

भारतीय राष्ट्रिय टेस्ट सिटमा पहिलो नाम आउने पुजारा आईपीएलमा भने अन्तिम साइनिङ हुनसक्ने सम्भावना बलियो छ। तर उनले २०१४ मा अन्तिम पटक लिग खेलेका थिए। जहाँ उनले ६ इनिङमा १२५ रन बनाएका थिए।

किंग्स इलेवेन पञ्जावमा उनको स्ट्राइक रेट १०० थियो। उनी अहिले आफ्नै घरमा प्रशिक्षण गरिरहेका छन्। त्यसैले लकडाउनपछिको प्रतियोगितामा उनी उत्तम विकल्प बन्न सक्नेछन्।

प्रकाशित: Aug 30, 2020| 18:50 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।