सोमबार, असार २९, २०८३

बार्सिलोनाका खेलाडीको कोरोना परीक्षणमा मेस्सी अनुपस्थित

बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबका खेलाडीको कोरोना परीक्षणमा अनुपस्थित भएका छन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

बार्सिलोना- बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबका खेलाडीको कोरोना परीक्षणमा अनुपस्थित भएका छन्। बार्सिलोना छोड्ने अभिव्यक्तिसँगै विश्वमा ‘हट टपिक’ बनेका मेस्सी आइतबारको कोरोना परीक्षणमा सहभागी नभएका हुन्।

उनलाई क्लबले स्थानीय समयअनुसार बिहान सवा १० बजे प्रशिक्षण मैदानमा कोरोना परीक्षणका लागि उस्थित हुन आग्रह गरेको भए पनि शनिबार नै उनले क्लबलाई कोरोना परीक्षणमा सहभागी नहुने बताएका थिए।

तर मेस्सीबारे विश्वमा फैलिरहेको अफवाहका कारण उनी आफैँले नबोलेसम्म वा नगरेसम्म उनको निर्णय उनीसम्म मात्र देखिने गरेको छ।

मेस्सीले कोरोना परीक्षणमा उपस्थित नहुनेबारे दिएको सूचना पनि क्लबमा आइनसकेको बार्सिलोनाले बताएको थियो। तर उनी परीक्षणमा सहभागी नभएपछि बार्सिलोनाका अन्य कार्यक्रममा पनि सहभागी नहुने देखिएकाे छ।

स्पेनिस मिडियाका अनुसार मेस्सीले क्लबलाई ट्रान्सफर आवेदन दिएसँगै उनले क्लबमा आफ्नो जीवन सकिएको बुझेका छन्।

त्यस्तै उनले आफू क्लबप्रतिको कुनै पनि कर्तव्यबाट बाहिर भएको बुझेका छन्। जसकारण उनी बार्सिलोनाको नयाँ सिजनको तयारीका लागि राखिएको पीसीआर परीक्षणमा सहभागी नभएका हुन्।

आइतबारको पीसीआर परीक्षणमा जोर्डी अल्वा, मार्टिन ब्रेथवेटलगायतका खेलाडी उपिस्थति थियो। रोनाल्ड कोम्यानको स्क्वाडले सोमबारबाट प्रशिक्षण सुरु गर्नेछ।

प्रकाशित: Aug 30, 2020| 17:25 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।