सोमबार, असार २९, २०८३

खेलाडीको पहुँच बढाउन ‘प्रोफेसनल टेनिस खेलाडी संघ’ गठन

अमेरिकाको न्युयोर्कमा वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) टेनिस प्रतियोगिता सम्पन्न भएपछि खेलाडीहरुले ‘प्रोफेसनल टेनिस खेलाडी संघ’ गठन गरेका छन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- अमेरिकाको न्युयोर्कमा वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) टेनिस प्रतियोगिता सम्पन्न भएपछि खेलाडीहरुले ‘प्रोफेसनल टेनिस खेलाडी संघ’ गठन गरेका छन्।

प्रतियोगिताको उपाधि विजेता नोभाक जोकोविचले सामाजिक सञ्लाल ट्वीटरमा संघ गठन गरेको जानकारी दिएका हुन्।

टेनिस बरियताको विश्व नम्बर एक नोभाकले लेखेका छन्, ‘हिजोको सफल बैठकपश्चात् हामीले प्रोफेनलस टेनिस प्लेयर एसोसिएसन(पीपीटीए) गठन गरेका छौं। यो खबर सुनाउँदा खुसी लागेको छ। सन् १९७२ पछिको यो पहिलो संघसमेत हो।’

उनले नयाँ संघ घोषणा गरेसँगै एसोसिएसन अफ टेनिस प्लेयर (एटीपी) काउन्सिलको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले खेलाडीको शक्ति र पहुँच विस्तार गर्नका लागि पुरानो संघबाट राजीनामा दिएर नयाँ संघ खोलेको बताएका छन्।

सिनसिनाटी टेनिस प्रतियोगितामा उपस्थित खेलाडीहरुको शनिबार राति बिली जिन किंग राष्ट्रिय टेनिस केन्द्रमा सम्पन्न भेलाले संघ स्थापना गर्ने निधो गरेको हो। सोही ठाउँमा भोलिदेखि यूएस ओपन पनि सुरु हुँदैछ।

नोभाकको शैलीमा ६० देखि ७० जनासम्म विश्वस्तरीय टेनिस खेलाडीले नयाँ संघ खोलेको पोस्ट ट्वीटरमा सार्वजनिक गरेको बीबीसीले जानकारी दिएको छ। तर केही खेलाडीले संघमा महिला खेलाडी समावेश नगरेको भन्दै आपत्तिसमेत जनाएका छन्।

इंग्ल्यान्डका एन्डी मुरेले खेलाडी युनियन राम्रो कुरा भए पनि पुरुष खेलाडी मात्र भएको भन्दै टिप्पणी गरेका छन्। साथै उनले यहीकारण आफूले खेलाडी संघको सदस्यता नलिएको पनि बताए।

नोभाकले सन् २०१८ को अष्ट्रेलिया ओपनका खेलाडी युनियनको बारेमा कुरा उठाएका थिए। त्यसपछि उनका केही साथीहरु मिलेर ग्रान्डस्लमबाट हुने ठूलो राजश्वको बारेमा कुरा उठाइरहेका छन्।

नोभाकले शनिबार खेलपछि पत्रकारसँग बोल्दै टेनिसको खेलाडी विधान अनुसार स्वतन्त्र संघ बनाएको दाबी गरेका छन् र संघको स्थापना अन्य कुनै संघसँग प्रतिस्पर्धा गर्नका लागि नभएको पनि बताए।

‘मैले एटीपीको पत्र पढेको छु, त्यहाँ पीपीटीएको सह भएर एटीपी रहन सक्दैन भनिएको छ,’ नोभाकले शनिबारको फाइनल खेलपछि भने, ‘वैधानिक रुपमा हामी सय प्रतिशत सुरक्षित छौँ र हामी स्वतन्त्र खेलाडी संघ बनाउन पाउछौँ। हामी कसैलाई बाइकट गर्दैनौँ र कुनै संस्थासँग समानान्तर चल्नको लागि पनि बनाएको होइन। यो खेलाडी र खेलका लागि महत्वपूर्ण कुरासमेत हो।’

तर टेनिसका अरु ग्लोबल स्टार राफेल नाडाल र रोजर फेडेरर भने नोभाकको विपरित अभिव्यक्ति दिँदै काउन्सिलमा नै रहने बताएएका छन्।

प्रकाशित: Aug 30, 2020| 17:05 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।