सोमबार, असार २९, २०८३

अबुमयाङ आर्सनलमा बस्न राजी

आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले कप्तान पियरे एमरिक अबुमयाङ अझै केही वर्ष आर्सनलमै बस्न राजी भएको बताएका छन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

एजेन्सी- आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले कप्तान पियरे एमरिक अबुमयाङ अझै केही वर्ष आर्सनलमै बस्न राजी भएको बताएका छन्।

कम्युनिटी शिल्डमा प्रिमियर लिग विजेता लिभरपुललाई हराउँदै आर्सनलले उपाधि जितेपछि आर्टेटाले अबुमयाङबारे यस्तो प्रतिकृया दिएका हुन्।

आर्सनलका फरवार्ड अबुमयाङको सम्झौता अर्को गर्मीमा सकिँदै छ। यसकारण गत सिजनको एफए कप विजेता आर्सनलले अबुमयाङसँग सम्झौता थप्न प्रयास गसिरहेको थियो भने उनले वार्तामा ढिलाइ गरिरहेका थिए।

‘मेरो काम अबुमयाङलाई सही समयमा सही कामका लागि कन्भिन्स्ड गर्न प्रयास गर्ने हो,’ प्रशिक्षक आर्टेटाले भने, ‘मलाई लाग्छ हामीले त्यो गरेका छौँ र सम्झौताका लागि केही कागजी कुराहरू मात्र बाँकी छन्।’

अबुमयाङले शनिबार राति सम्पन्न कम्युनिटी शिल्डमा आर्सनलको तर्फबाट एक गोल गरेका थिए। तर लिभरपुलका ताकुमी मिनमिनोले दोस्रो हाफमा बराबरी गरेपछि खेल बराबरीमै सकिएको थियो।

त्यस्तै, टाइब्रेकरबाट नजिता निकालिएको खेलमा उनले अन्तिम तथा निर्णायक गोल गरेका थिए।

‘आर्सनल खेलाडीका लागि यो रोमाञ्चक समय रह्यो,’ अबुमयाङले खेलपछि भने। उनी सन् २०१८ मा बोरुसिया डर्टमुन्डबाट आर्सनलमा अनुबन्ध भएपछि १०९ खेल खेल्दै ७० गोल गरेका छन्।

उनी २०१९ को नोभेम्बरमा क्लको कप्तान नियुक्त भएका थिए।

प्रकाशित: Aug 30, 2020| 16:42 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।