शनिबार, कात्तिक २९, २०८२

युट्युबको नेपाल ट्रेन्डिङमा दक्षिण कोरियाली गीतहरु

युट्युबको नेपाल ट्रेन्डिङ दक्षिण कोरियाली गीतले कब्जा गरेका छन्। सामान्यतया नेपाल ट्रेन्डिङ नेपाली बाहेक हिन्दी गीत र चलचित्र एवम् हास्य सिरियलको कब्जामा हुन्छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- युट्युबको नेपाल ट्रेन्डिङ दक्षिण कोरियाली गीतले कब्जा गरेका छन्। सामान्यतया नेपाल ट्रेन्डिङ नेपाली बाहेक हिन्दी गीत र चलचित्र एवम् हास्य सिरियलको कब्जामा हुन्छ।

National life

खासगरी दक्षिण भारतीय चलचित्र, नेपाली हास्य टेलिश्रृंखला र केही हलिउड गीतहरु नेपाल ट्रेन्डिङमा पर्ने गरेका हुन्छन्।

तर यो साता भने दुईवटा दक्षिण कोरियाली गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छन्।

यसै साता सम्पन्न नेपाल आइडलको फिनाले कार्यक्रमको भिडियो पहिलो नम्बरमा, दक्षिण कोरियाली ब्ल्याकपिंक ब्याण्डको ‘आईस क्रिम’ दोस्रो नम्बरमा तथा दक्षिण कोरियाली बिग हिट लेभलको ‘डाइनामाइट’ गीत तेस्रो नम्बरमा रहेका छन्।

डाइनामाइट पछिल्लो केही दिनयता लगातार शीर्षस्थानमा थियो।

Laxmi sunrise bank
kumari

त्यसअघि दुर्गेश थापाको ‘आलु जस्तो गायक’ ले युट्युबको शीर्ष स्थान कब्जा गरेको थियो।

दक्षिण कोरियाली युवतीहरुको व्याण्ड ब्ल्याकपिंकका गीतहरु यसअघि पनि युट्युबको नेपाल ट्रेन्डिङमा पर्ने गरेका थिए। यसपटक उनीहरुले सार्वजनिक गरेको अंग्रेजी गीतमा भने हलिउड स्टार गायिका सेलेनमा गोमेजको पनि स्वर तथा अभिनय रहेको छ।

यो गीतमा सेलेना गोमेजको पार्ट अमेरिकामै र अन्य पार्ट दक्षिण कोरियामै रेकर्डिङ तथा शुटिङ गरिएको हो।

बिग हिट लेबल पनि दक्षिण कोरियाको चर्चित म्युजिक ब्याण्ड हो। यसले दक्षिण कोरियालीका साथै अंग्रेजी, जापानिज लगायतका भाषामा आफ्नो प्रस्तुति दिँदै आएको छ। यसपटक उक्त समूहको गीतले युट्युबको नेपाल ट्रेन्डिङ कब्जा गर्न सफल भएको छ।

यो गीत थोरै समयमा धेरै भ्युज पाएर युट्युबमा चर्चित बनिरहेको छ।

प्रकाशित: Aug 30, 2020| 14:25 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्