बुधबार, चैत ४, २०८२

पहिलो अनलाइन तेक्वान्दोमा मुलपानीलाई दुई स्वर्ण

मुलपानी तेक्वान्दो डोजाङले प्रथम भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा दुई स्वर्ण जितेको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– मुलपानी तेक्वान्दो डोजाङले प्रथम भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा दुई स्वर्ण जितेको छ।

National life

काठमाडौं जिल्ला तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन (शनिबार) ६ स्पर्धाबाट मुलापानीले दुई स्वर्णसहित तीन रजत र दुई काश्य हात पारेको हो।

त्यस्तै कैलाली, रुपन्देही र चितवनका विद्यालय अन्तर्गतका खेलाडीले समान एक एक स्वर्ण जितेका छन्।

यू–१२ पुरुष एकलमा मुलपानीका भिजन तामाङ पहिलो भए। काभ्रेस्थलीका मिराज केसी दोश्रो तथा मुलपानीका रोनिश नगरकोटी र मुलपानीकै ईश्वर पराजुली तेश्रो भए।

सोही स्पर्धाको महिलामा विजेश्वरी विद्यालय कैलालीकी पूर्णिमा बस्नेतले स्वर्ण जितिन्। मुलपानीकी मेलिना राईले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा र काभ्रेस्थलीकी सुस्मिता कार्कीले काश्य हात पारे।

Laxmi sunrise bank
kumari

यू–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया शीर्ष स्थानमा रहे। मुलपानीका आयुश ढुंगेल दोस्रो हुँदा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ र चन्द्रसूर्यका योग्य राईले तेस्रो स्थान प्राप्त गरे।

स्पर्धाको महिलामा चितवनकी आँचल बाजपाईं पहिलो भइन् भने मुलपानीकी प्रगति कुइँकेल दोश्रो भइन्। विजेश्वरीकी प्राप्ति पुन र काभ्रेस्थलीकी विनिशा खड्गीले तेश्रो स्थान हासिल गरे।

पुरुष ४० मुनी उमेर समूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए। त्यस्तै मैत्रीका रामचन्द्र व्यञ्जन्कार दोश्रो र बागलुङका नन्द विष्ट र योन्सुफका दुर्गामान तामाङ तेश्रो भए।

सोही उमेर समूहको महिलामा मुलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण जितिन्।

दुई दिने प्रतियोगितामा १९ टिमका १७० खेलाडीको सहभागिता छ। जसमध्ये पुरुषमा ६ र महिलामा पाँच गरी ११ स्पर्धा समावेश छन्। आज (आइतबार) बाँकी पाँच स्वर्णको टुंगो लाग्ने छ।

प्रतियोगितामा संघका अध्यक्ष अशोक खड्कासहित मीन न्यौपाने, हिराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्।

प्रकाशित: Aug 30, 2020| 11:01 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।