सोमबार, असार २९, २०८३

जोकोविच र अजारेन्का सिनसिनाटी च्याम्पियन

टेनिस बरियताको विश्व नम्बर वान खेलाडी नोभाव जोकोविच अमेरिकामा सम्पन्न वेस्टर्न एण्ड साउदर्न(सिनसिनाटी) ओपनको उपाधि विजेता बनेका छन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- टेनिस बरियताको विश्व नम्बर वान खेलाडी नोभाव जोकोविच अमेरिकामा सम्पन्न वेस्टर्न एण्ड साउदर्न(सिनसिनाटी) ओपनको उपाधि विजेता बनेका छन्।

उनले शनिबार राति सम्पन्न फाइनल खेलमा क्यानडाका मिलोस रावनिकलाई हराउँदै उपाधि कब्जा गरेका हुन्।

सर्बियाका ३३ वर्षीय ग्लोबल स्टार जोकोविचले पहिलो खेल १–६ को अन्तरले गुमाए तापनि दोस्रो र तेस्रो खेलमा ६–३ र ६–४ को जित निकाले।

त्यस्तै महिला तर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितेकी छिन्। उनले फाइनल खेलमा जापानकी नाओमी ओसाकालाई हराउँदै उपाधि जितेकी हुन्।

ओसाका चोटका कारण खेलमा उपस्थित हुन नसकेपछि उनले फाइनलअधि नै प्रतियोगिता त्यागेकी थिइन््। ओसाकाले फाइनल नखेल्ने भएपछि खेलबिनै प्रतियोगिताको उपाधि अजारेन्काले जितेकी हुन्।

सेमीफाइनल खेलमा रंगभेदी व्यवहार गरेपछि न्युयोर्कमा भइरहेको प्रतियोगिता तनावग्रस्त भएको थियो। ओसाकाले पनि रंगभेदको विरुद्धमा समर्थन गरेकी थिइन्।

न्युयोर्कमा नै भोली(अगस्ट ३१) बाट यूएस ओपन सुरु हुँदैछ।

प्रकाशित: Aug 30, 2020| 06:56 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।