सोमबार, असार २९, २०८३

सन्दीपको टिम तलावाजको तेस्रो जित

ट्रिनिडाड एण्ड ट्रिबागो– क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलावाजले तेस्रो जित निकालेको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

ट्रिनिडाड एण्ड ट्रिबागो– क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलावाजले तेस्रो जित निकालेको छ।

पोर्ट अफ स्पेनमा गएराति सम्पन्न खेलमा तलावाजले सेन्ट किट्स एण्ड नेविर पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो।

टस जितेर ब्याटिङ रोजेको तलावाजले सम्पूर्ण ओभर खेल्दै ६ विकेटको क्षतिमा १४७ रन बनाएको थियो। १४८ रनको लक्ष्य पाएको सेन्ट किट्स एक बल बाँकी रहँदा ११० रनमा समेटियो।

खेलमा तलावाजका ग्लेन फिलिप्सले ७९ रनको अर्धसतकिय पारी खेले भने जर्मिनाइ ब्ल्याकवुडले २७ रनको योगदान दिए। तल्लावाजका अन्य खेलाडीले प्रशंसनीय प्रदर्शन नगरे तापनि सेन्ट किट्सका रायद इम्रितले तीन विकेट लिए।

एक विकेट लिनेमा शिल्डन कोट्रेन, इमरान खान र इस सोधी रहे।

यता जवाफी ब्याटिङमा मैदान छिरेको सेन्ट किट्सका इविन लेविस र किइरन पोवेलले समान २१ रनको योगदान दिए अन्य खेलाडीले पनि सम्झनलायक प्रदर्शन गरेनन्।

यता तलावाजका सन्दीप लामिछानेले २ विकेट लिए। साथै विरासमी पेर्मउल र फिडेल एडवर्डले समान २–२ विकेट लिए। यता कार्लोस ब्रेथवेटले भने सर्वाधिक तीन विकेट लिए।

जितका साथ तलावाज तेस्रो स्थानमा उक्लिएको छ। उसले ६ खेलमा समान ३–३ हार र जित बोहोरेर ६ अंक बनाएको छ। ६ खेलका सबैमा जित निकालेको ट्रिनबागो नाइट राइडर्स १२ अंकका साथ शीर्ष स्थानमा छ भने ८ अंक बनाएको लुसिया जोउक्स दोस्रो स्थानमा छ।

प्रकाशित: Aug 30, 2020| 06:10 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।